५०० करोड क्लबमा छिर्ने यस वर्षको पहिलो फिल्म बन्यो छावा
नयाँ दिल्ली । विक्की कौशलको ‘छावा’ ५०० करोड कमाउने यस वर्षको पहिलो फिल्म बनेको छ । शनिबार भारतीय बक्स अफिसमा फिल्मको कलेक्सन ५०० करोडमाथि उक्लिएको छ । छत्रपति संभाजी महाराजको जीवनमा आधारित यो फिल्मलाई दर्शकले राम्रो माया दिइरहेका छन्, जसका कारण फिल्मले बम्पर कमाई गरिरहेको छ ।
रिलिज भएको २३ औँ दिनमा फिल्मको कमाइमा व्यापक वृद्धि देखियो । लक्ष्मण उतेकरद्वारा निर्देशित यो फिल्मले २३ औँ दिन शनिबार बक्स अफिसबाट १६ करोड ५० लाख भारु कमाएको छ ।
फिल्मले बक्स अफिसमा एक पछि अर्को गर्दै अनेक ब्लकबस्टर फिल्महरूको रेकर्ड तोडिसकेको छ । ५०० करोड क्लबमा प्रवेश गरेर फिल्मले नयाँ रेकर्ड बनाएको छ । फिल्मको कुल कमाइको कुरा गर्दा, यसले अहिलेसम्म बक्स अफिसमा ५०८ करोड ८० लाख भारु कमाएको छ ।
पहिलो हप्तामा २१९ करोड २५ लाख भारु कमाएको फिल्मले दोस्रो हप्तामा १८० करोड २५ लाख भारु कमाएको थियो । तेस्रो हप्तामा फिल्मको कलेक्सन ८४ करोड ५ लाख भारु रह्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण