५०० करोड क्लबमा छिर्ने यस वर्षको पहिलो फिल्म बन्यो छावा

नयाँ दिल्ली । विक्की कौशलको ‘छावा’ ५०० करोड कमाउने यस वर्षको पहिलो फिल्म बनेको छ । शनिबार भारतीय बक्स अफिसमा फिल्मको कलेक्सन ५०० करोडमाथि उक्लिएको छ । छत्रपति संभाजी महाराजको जीवनमा आधारित यो फिल्मलाई दर्शकले राम्रो माया दिइरहेका छन्, जसका कारण फिल्मले बम्पर कमाई गरिरहेको छ ।
रिलिज भएको २३ औँ दिनमा फिल्मको कमाइमा व्यापक वृद्धि देखियो । लक्ष्मण उतेकरद्वारा निर्देशित यो फिल्मले २३ औँ दिन शनिबार बक्स अफिसबाट १६ करोड ५० लाख भारु कमाएको छ ।
फिल्मले बक्स अफिसमा एक पछि अर्को गर्दै अनेक ब्लकबस्टर फिल्महरूको रेकर्ड तोडिसकेको छ । ५०० करोड क्लबमा प्रवेश गरेर फिल्मले नयाँ रेकर्ड बनाएको छ । फिल्मको कुल कमाइको कुरा गर्दा, यसले अहिलेसम्म बक्स अफिसमा ५०८ करोड ८० लाख भारु कमाएको छ ।
पहिलो हप्तामा २१९ करोड २५ लाख भारु कमाएको फिल्मले दोस्रो हप्तामा १८० करोड २५ लाख भारु कमाएको थियो । तेस्रो हप्तामा फिल्मको कलेक्सन ८४ करोड ५ लाख भारु रह्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् नागढुंगाको विकल्प धार्के–सीतापाइला सडक
-
कतारका विशेष दूतसँग विपीन जोशीको रिहाइबारे पुनः आग्रह
-
रोकिएको आईपीएल आजबाट सुरु हुँदै, यस्तो छ तालिका
-
आज ३२ औँ मदन–आश्रित दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
'जब–जब शक्तिले न्यायिक क्रूरता फैलाउँछ, हामी काफ्का सम्झन्छौँ'