दोस्रो चरणको गाजा युद्धविराम सम्झौतामा हुँदैछ छलफल
तेल अभिभ । इजरायल र हमासबीच दोस्रो चरणको युद्धविराम वार्ता चाँडै सुरु हुने अपेक्षा गरिएको छ । युद्धविराम सम्झौतासम्बन्धी वार्ता अगाडि बढाउन इजरायलले आफ्नो प्रतिनिधिमण्डललाई कतार पठाउने भएको छ ।
इजिप्ट र कतारका मध्यस्थकर्ताहरूसँग युद्धविराम सम्झौतामा वार्ता सुरु गर्ने सम्बन्धमा हमासले पनि सकारात्मक सङ्केत दिएको छ । इजरायल र हमासबिचको युद्धविराम सम्झौताको पहिलो चरण मार्चको सुरुमा समाप्त भएको थियो ।
युद्धविरामको पहिलो चरण सकिए लगत्तै इजरायलले रामदानका लागि युद्धविरामको अवधि लम्ब्याएको थियो । अब सम्झौताको दोस्रो चरणको लागि वार्ता हुने भएको छ ।
मध्यस्थता वार्तामा अमेरिका पनि आउने
नेतन्याहुले अमेरिकाको मध्यस्थतामा वार्ताको निमन्त्रणा स्वीकार गरेको इजरायलको प्रधानमन्त्री कार्यालयले एक विज्ञप्तिमा भनेको छ । तर, कार्यालयले थप विवरण दिएको छैन । इजरायल र हमासबिच युद्धविराम सम्झौताको दोस्रो चरणको वार्ता एक महिना अघि सुरु हुने तय भएको थियो । अमेरिकाले हमाससँग वार्ता सुरु गर्नेबारे जानकारी गराएको छ ।
यद्यपि, इजरायलले हमाससँग अमेरिकाको प्रत्यक्ष वार्ताको पनि कडा विरोध गरेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूका विश्वासपात्र रोन डर्मर र अमेरिकी विशेष प्रतिनिधि एडम बोहेलरबिच पनि चर्को बहस भएको थियो । ट्रम्पले बन्धक मामिलाका लागि एडम बोहलरलाई आफ्नो विशेष प्रतिनिधि नियुक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण