सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय

पूर्वराजा शाहलक्षित माओवादी सांसदको आरोप– वंश विनाश गर्नेले राजा फर्काउने नाटक मञ्चन गर्दैछन्

आइतबार, २५ फागुन २०८१, १४ : ५४
आइतबार, २५ फागुन २०८१

काठमाडौँ । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले पूर्वराजा ज्ञानेन्द्र शाहलाई वंश विनाश गरेको आरोप लगाएका छन् । आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै वंश विनाश गर्नेले नै अहिले राजा फर्काउने भनेर नाटक मञ्चन गरिरहेको आरोप लगाएका हुन् । 

सांसद शर्माले विश्वका धेरै देशहरूमध्ये नेपालमा सबैभन्दा लामो समय लगाएर राजतन्त्रको अन्त्य गरेको बताए । उनले राजतन्त्र अन्त्य भइसकेपछि अहिले तथाकथित प्रतिगामी शक्तिहरू अहिले राजा फर्काउने काममा लागेको भन्दै असन्तुष्टि जनाए । 

उनले भने, ‘विश्वका धेरै देशहरूमध्ये नेपालमा सबैभन्दा लामो समय लगाएर, सबैभन्दा कठिन र चुनौतीपूर्ण संघर्ष गरेर अडाई सय वर्ष अघिदेखि जरा गाडेर बसेको निरंकुश सामन्तवाद राजतन्त्रको अन्त्य गरेका हौँ । त्यो राजतन्त्र अन्त्य भइसकेपछि अहिले तथाकथित प्रतिगामी शक्तिहरू अहिले राजा फर्काउने भन्दैछन् । जसले राजाको वंश विनाश गरेका हुन्, तिनैले राजा फर्काउने एउटा नाटक मञ्चन गरिरहेका छन् । संविधान विरोधी, व्यवस्था विरोधी हर्कत उनीहरुले गरिरहेका छन् ।’

सांसद शर्माले सरकारले राष्ट्रिय सहमति खोज्नुपर्ने बेलामा पनि त्यस्तो हुन नसकेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप