एनएमबी बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त, सुदेश उपाध्याय सिनियर डीसीईओमा बढुवा
आइतबार, २५ फागुन २०८१, १८ : ११
काठमाडौँ । एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द घिमिरे नियुक्त भएका छन् ।
बैंक सञ्चालक समितिको २०८२ वैशाख १० गतेदेखि लागु हुनेगरी घिमिरेलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो । उनी अहिले बैंकको डेपुटी सीईओ रहेका छन् । उनको कार्यकाल ४ वर्षको हुनेछ ।
बैठकले हाल नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) रहेको सुदेश उपाध्यायलाई सिनियर डीसीईओमा बढुवा गरेको छ ।
दि फिनान्सियल टाईम्स, लण्डनको द ब्यान्कर पत्रिकाद्वारा सन् २०२१ मा एसियाकै सर्वोत्कृष्ट बैंकको अवार्ड पाएको एनएमबी बैंकसँग हाल देशभर २०२ शाखाहरु, १८७ एटिएमहरु र १० एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण