स्पष्टीकरणमा बास्तोलाले भने– म राजसंस्था पक्षधर हो, तिम्रो पद तिमी नै राख
काठमाडौँ । पोर्चुगलका लागि पर्यटन प्रवर्द्धक रमेशराज बास्तोलाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई स्पष्टीकरण दिएका छन् । आइतबार मन्त्रालयले सोधेको स्पष्टीकरणको विषय सार्वजनिक हुने बित्तिकै बास्तोलाले फेसबुकबाटै स्पष्टीकरण दिएका हुन् ।
‘देशमा संवैधानिक राजतन्त्र बहुदलीय प्रजातन्त्र अहिलेको आवश्यकता हो । म देशमा राजसंस्थाको पक्षधर हो। राजा र धर्मको समर्थन गर्दा तिमीहरूलाई आपत्ति छ भने तिम्रो पद तिमी नै राख,’ फेसबुकबाट नै सरकारलाई दिएको उनको स्पष्टीकरणमा लेखिएको छ, ‘जुन दिन देशमा राजतन्त्र आउने छ, फेरि त्यति वेला जिम्मेवारी लिउँला । तिमीहरूको भ्रष्ट सरकारमा यो कागजी पदमा बस्न मलाई चाहना छैन । मेरो स्पष्टीकरण यही हो ।’
उनले आफूले पर्यटन प्रवर्द्धक भएबापत कुनै पनि सुविधा नलिएको बरु आफैले थुप्रै खर्च गरेर काम गर्नुपरेको पनि उनको स्पष्टीकरणमा उल्लेख छ ।
‘यो पद लिएबापत मैले सरकारको १ रुपैयाँ लिएको पनि छैन। कुनै एक रुपैयाँ लाभ लिएको पनि छैन। बरु आफ्नै खर्चमा यहाँ पोस्टर बनाएर हुन्छ कि एयरपोर्टमा चर्को लगेजको मूल्य तिरेर पोस्टर ल्याएर हुन्छ, प्रचार गरेको छु।’
पूर्वराजा ज्ञानेन्द्र शाहलाई श्री ५ को सम्बोधन गर्दै उनको शुभकामना सन्देशलाई स्वागत तथा ऐक्यबद्धता जनाएको भन्दै मन्त्रालयले बास्तोलालाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो।
‘उक्त सम्बन्धमा गैरजिम्मेवारपूर्ण कार्य गरेबापत पर्यटन प्रवर्द्धकसम्बन्धी कार्यविधि, २०७९ को दफा ५ बमोजिम निजलाई पर्यटन प्रवर्द्धकको जिम्मेवारीबाट तत्काल नहटाउनुपर्ने कुनै कारण भए २४ (चौविस) घण्टाभित्र यस मन्त्रालयमा लिखित स्पष्टीकरण पेस गर्न निर्देशन गरिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ,’ मन्त्रालयले सोधेको स्पष्टीकरणमा जनाइएको छ।
मन्त्रालयले बास्तोलाको उक्त कार्य पदीय जिम्मेवारी विपरीत भएको ठहर गरेको छ । सरकारी लोगो तथा लेटरप्याडको समेत दुरुपयोग गरेकाले मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बास्तोलाले नेपाल सरकारको लोगो अंकित कार्यालयको लेटरहेडमै पूर्वराजा ज्ञानेन्द्रलाई श्री ५ सम्बोधन गरी उनको अभिव्यक्तिलाई समर्थन गरेका थिए । साथै उनले उक्त पत्र आफ्नो फेसबुकमा आइतबार राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण