समाचार
वीर अस्पताल निर्देशकका लागि शर्मा, गौतम र कार्कीको नाम सिफारिस
आइतबार, २५ फागुन २०८१, २१ : २१
काठमाडौँ । वीर अस्पतालको निर्देशकका लागि न्याम्सले तीन जनाको नाम सिफारिस गरेको छ । न्याम्सका उपकुलपति डा.भूपेन्द्र बस्नेतले डा. दिलीप शर्मा, डा. समाज गौतम र डा. अनुपमा कार्कीको नाम सहकुलपति स्वास्थ तथा जनसंख्यामन्त्री प्रदीप पौडेल समक्ष आइतबार सिफारिस गरेका हुन् ।
स्वास्थ्य मन्त्रालयको स्रोतले प्रधानमन्त्री केपी शर्मा ओलीको क्याविनेट चिकित्सकका रूपमा काम गरिसकेका डा. शर्मालाई निर्देशकको जिम्मेवारी दिइने सम्भावना प्रवल रहेको जानकारी दियो । डा.शर्मा वीर अस्पतालमा वरिष्ठ कलेजो रोग विशेषज्ञका रूपमा काम गरिरहेका छन् ।
सिफारिसमा परेका मध्यबाट अब बस्ने मन्त्रिपरिषद् बैठकले एक जनालाई निर्देशकमा नियुक्त गर्नेछ । आइतबारबाट निर्देशक डा. सन्तोष पौडेलको दुई वर्ष कार्यकाल पुरा भएसँगै डा. समाज गौतमले निमित्त निर्देशकको जिम्मेवारी सम्हालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण