जति तपस्या गरेपनि राजतन्त्र फर्किन सम्भव छैन : शर्मा
जापान । नेकपा माओवादी केन्द्रका नेता तथा पार्टी एसिया प्रदेश संगठन समितिका इन्चार्ज ओम शर्माले राजावादीहरुले जतिसुकै तपस्या गरेपनि राजतन्त्र फर्किन सम्भव नरहेको बताएका छन् ।
आइतबार नेपाली जनप्रगतिशील मञ्च जापानको दोस्रो साधारण सभालाई नागोयामा सम्बोधन गर्दै शर्माले राजावादीको सपना कहिल्यै पूरा हुन नसक्ने जिकिर गरे । ‘राजावादीले राजा फर्काउने भनिरहेका छन् । तर हजारौँ वर्ष तपस्या गरेपनि राजा फर्किन सम्भव छैन । यो स्याल हुइयाँ मात्रै हो’, उनले भने ।
यद्यपि राजनीतिक दलहरुले सही डेलिभरी दिन नसक्दा जनतामा केही निराशा उत्पन्न भएको स्वीकार्दै उनले कमजोरी सच्याएर गणतन्त्रलाई बलियो बनाउनतर्फ सबै लाग्नजुपर्नेमा जोड दिए ।

उनले माओवादीले सञ्चालन गरेको जागरण अभियानले पार्टीलाई नयाँ उर्जा दिएको समेत सो क्रममा बताए । उनले माअोवादी जनतातिर फर्किएको उल्लेख गर्दै समाजवादको बाटो क्लियर गरेको समेत बताए । यस्तै शर्माले खाडी र एसियामा पार्टीको संगठन सशक्त बनाउन समेत आग्रह गरे ।
कार्यक्रममा संगठनका सहइन्चार्ज भुपालमान श्रेष्ठसहित प्रवासका नेताहरु भवानी पन्त, रामहरि पुडासैनी, हवल चन्द्र लामा, मोहन पौडेल, तिलक मल्ललगायतले शुभकामना मन्तव्य दिएका थिए ।
विभिन्न संघ संस्थाका प्रतिनिधिसहितको सहभागितामा साधारणसभा भव्य रुपमा सम्पन्न भएको मञ्चले जनाएको छ । साधारणसभालाई जुम प्रविधिमार्फत माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समेत सम्बोधन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण