स्वास्थ्य मन्त्रालयद्वारा डा. क्षेत्रीलाई सेवाबाट हटाउने तयारी
सोमबार, २६ फागुन २०८१, ०७ : ३९
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कन्सल्टेन्ट नेफ्रोलोजिष्ट (नवौँ तह) डा. सन्तोष क्षेत्रीलाई सेवाबाट हटाउने तयारी गरेको छ ।
गत साउन १८ गतेदेखि बिदा स्वीकृत नगराई कार्यालय उपस्थित भएपछि उनलाई मन्त्रालयले सेवाबाट हटाउने तयारीस्वरुप दोस्रो पटक स्पष्टीकरण सोधेको हो ।
यसअघि गत फागुन १० मा उनलाई ७ दिने स्पष्टीकरण सोधिएको थियो । तर उनको स्पष्टीकरण सन्तोषजनक नभएकाले अहिले फेरि सेवाबाट किन नहटाउने भनी १५ दिनको समय दिएर अर्को स्पष्टीकरण सोधिएको हो ।
मन्त्रालयले सेवाबाट हटाउनु नपर्ने कुनै कारण भए सबुत प्रमाणसहित स्पष्टीकरण पेस गर्न भनेको छ । यसबारे मन्त्रालयले सोमबार एक सार्वजनिक सूचना नै प्रकाशित गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण