आकाशमा उडिरहँदा विमानको ट्वाइलेट जाम भएपछि....
सिकागो । एयर इन्डियाको सिकागोबाट दिल्ली आइरहेको फ्लाइट पुनः सिकागो फर्किएको छ । बिहीबार अमेरिकाको सिकागोबाट दिल्लीका लागि एयर इन्डियाको उडान भरेको थियो । तर लगभग १० घण्टा पछि विमान सिकागो फर्कन बाध्य भयो । मिडिया रिपोर्टका अनुसार विमानमा रहेका ट्वाइलेट जाम भएपछि यस्तो कदम चालिएकाे हो । एयरलाइन्सले यस घटनाबारे सोमबार स्पष्टीकरण दिएको छ ।
मार्च ६ मा सिकागोबाट दिल्लीका लागि उडान भरेको एआई१२६ विमान प्राविधिक समस्याका कारण सिकागो फर्किएको एयर इन्डियाका प्रवक्ताले बताए । सिकागोमा अवतरण गर्दा खाँचोमा परेका यात्रु र चालक दललाई आवास सहयोग दिइएको थियो ।
त्यसपछि यात्रुहरूका लागि वैकल्पिक व्यवस्था गरियो । उडान रद्द भएपछि यात्रुहरूलाई पैसा फिर्ता गरिने पनि एयरलाइन्सले बताएको छ । अमेरिकी मिडियाका अनुसार सिकागोबाट दिल्लीका लागि उडेको विमानका सबै ट्वाइलेटहरू जाम भएका थिए ।
विमानभित्र रहेका १२ वटा शौचालयमध्ये ११ वटाले काम गरिरहेका थिएन । बिजनेस क्लासमा रहेको एउटा ट्वाइलेटले भने काम गरिरहेको बताइएको छ । विमानमा सवार ३०० यात्रुहरूलाई असुविधा भएपछि विमानलाई सिकागो फिर्ता लगियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण