राष्ट्रिय टोलीमा ध्यान केन्द्रित गर्न आईपीएल नखेल्ने ह्यारी ब्रुकको निर्णय
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी संस्करण मार्च २२ तारिखदेखि सुरु हुँदैछ । प्रतियोगिताको मिति नजिकिँदै जाँदा सहभागी टोलीहरु अन्तिम तयारीमा व्यस्त छन् । तर, यसै क्रममा इङ्ल्यान्डका प्रभावशाली खेलाडी ह्यारी ब्रुकले आईपीएल नखेल्ने घोषणा गरेका छन् ।
ह्यारी ब्रुकलाई आईपीएलको आगामी सिजनका लागि दिल्ली क्यापिटल्सले अक्सनमा ६ करोड २५ लाख भारतीय रुपैयाँमा खरिद गरेको थियो । ह्यारी ब्रुकको उक्त निर्णयपछि उनीमाथि दुई सिजन आईपीएल खेल्न नपाउने गरी प्रतिबन्ध लाग्न सक्ने दाबी भारतीय सञ्चारमाध्यमले गरेका छन् ।
आईपीएलको नयाँ नियम अनुसार, ठोस कारण बिना नै आईपीएल नखेल्ने निर्णय लिएमा त्यस्ता विदेशी खेलाडीमाथि दुई वर्षको प्रतिबन्ध लाग्न सक्छ । ब्रुकले सामाजिक सञ्जालमार्फत आफू आईपीएलको आगामी संस्करणमा अनुपस्थित रहने जानकारी दिएका हुन् ।
उनले दिल्ली क्यापिटल्सको व्यवस्थापन र समर्थकसँग माफी पनि मागेका छन् । ह्यारी ब्रुकले यसअघि व्यक्तिगत कारण देखाउँदै सन् २०२४ को आईपीएल पनि नखेल्ने निर्णय लिएका थिए । उनले आफ्नो सम्पूर्ण ध्यान राष्ट्रिय टोलीमा केन्द्रीत गर्नुपर्ने भएकाले आफू आईपीएलबाट बाहिरिएको जनाएका छन् ।
‘मेरा लागि यो फैसला लिनु निकै कठिन थियो । तर, राष्ट्रिय टोलीमा ध्यान केन्द्रीत गर्न यस्तो निर्णय लिनुको विकल्प थिएन । यसका लागि म दिल्ली क्यापिटल्सको व्यवस्थापन र समर्थकहरुसँग माफी माग्न चाहन्छु,’ उनले भनेका छन् ।
उनले अन्तिम पटक सन् २०२३ मा आईपीएल खेलेका थिए । त्यतिबेला उनी सनराइजर्स हैदराबादमा आबद्ध थिए । पछिल्लो समय थुप्रै विदेशी खेलाडीले आईपीएल छाड्ने निर्णय लिन थालेका छन् । त्यसैले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले दुई वर्ष प्रतिबन्धको नयाँ नियम लागू गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026