सानोठिमीमा क्रान्तिकारी र नेविसंघको गठबन्धन, क्रान्तिकारीका ठगुन्ना साझा उम्मेदवार
भक्तपुर। त्रिभुवन विश्वविद्यालय अन्तर्गत सानोठिमी क्याम्पसको आगामी चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अध्यक्ष पदका लागि अखिल (क्रान्तिकारी) का नरेन्द्रसिंह ठगुन्नाको उम्मेदवारी घोषणा भएको छ । ठगुन्ना क्रान्तिकारी र नेविसंघ गठबन्धनका साझा उम्मेदवार बनेका छन्।
हाल स्नातकोत्तर तहमा अध्ययनरत ठगुन्ना विद्यार्थी माझ लोकप्रिय र स्थापित नेता मानिन्छन्। हाल उनी क्रान्तिकारीको सानोठिमी क्याम्पस इन्चार्जको भूमिकामा छन्। ठगुन्नाले अग्रजको विरासत र वर्तमानको क्रियाशीलताका कारण आफूहरूले सहजै जित्ने बताए।
नेविसंघ र क्रान्तिकारीको सहमतिअनुसार क्रान्तिकारीले अध्यक्ष, कोषाध्यक्ष सहित चार जना प्रत्यक्ष सदस्यमा उम्मेदवारी दिने तय भएको छ। नेविसंघले सचिव सहित तीन प्रत्यक्ष सदस्यमा उम्मेदवारी दिने भएको छ। त्यस्तै समानुपातिक तर्फबाट नेविसंघले उपाध्यक्ष र क्रान्तिकारीले सहसचिव लिने समेत तय भएको सानोठिमी क्याम्पसका पूर्व स्ववियु सभापति रमेश खड्काले जानकारी दिए।
त्रिविको महत्त्वपूर्ण शैक्षिक केन्द्र मानिने सानोठिमी क्याम्पसमा २०६५ यताका ३ वटा निर्वाचनमा लगातार अखिल (क्रान्तिकारी)ले सभापति जित्दै आएको छ। यसअघि ०६५ सालमा वीरेन्द्र बस्नेत, ०७३ सालमा रमेश खड्का र ०७९ सालमा रेशमलाल श्रेष्ठ क्रान्तिकारीका तर्फबाट सभापति पदमा विजय हासिल गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
‘सैयारा’ को सफलतापछि पुनः पर्दामा जोडिँदै अहान र अनीत
-
छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै दुर्व्यवहार, कर्मचारीद्वारा विरोध
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण