नेसपा (नयाँ शक्ति)को बागमती प्रदेशस्तरीय महाधिवेशन सम्पन्न
काठमाडौँ । नेसपा (नयाँ शक्ति), बागमती प्रदेशस्तरीय भेला तथा प्रथम महाधिवेशन सम्पन्न भएको छ। नेसपा नयाँ शक्ति बागमती प्रदेश अधिवेशन आयोजक समितिको आयोजनामा सोमबार सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा पार्टीका शीर्ष नेताहरू, प्रदेश प्रतिनिधिहरू, कार्यकर्ता, बुद्धिजीवी, युवा तथा विभिन्न क्षेत्रका अग्रजहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको प्रमुख आतिथ्यता डा. सो पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले गरेका थिए । कार्यक्रममा उनले नेपालको समसामयिक राजनीतिक परिप्रेक्ष्य, समाजवादी आन्दोलनको महत्व, र नेसपा (नयाँ शक्ति)को भावी रणनीतिबारे विस्तृत धारणा राखेका थिए ।
कार्यक्रममा पार्टीको संगठनात्मक सुदृढीकरण, प्रदेशस्तरीय नेतृत्वको भूमिका, तथा लोकतान्त्रिक मूल्य र सिद्धान्तहरूलाई संस्थागत गर्दै समावेशी, पारदर्शी, र उत्तरदायी नेतृत्व निर्माण गर्ने विषयमा विशेष छलफल भएको छ। प्रदेश अधिवेशन आयोजक समितिका पदाधिकारीहरूले पार्टीको नीति, दृष्टिकोण, र भावी कार्ययोजनाबारे जानकारी गराउँदै संगठन सुदृढीकरणका लागि सबै सदस्यहरूलाई क्रियाशील भएर लाग्न आह्वान गरेका छन्।
यस अधिवेशनले नेसपा (नयाँ शक्ति) बागमती प्रदेशमा समाजवादी आन्दोलनलाई नयाँ उचाइमा पुर्याउने, वैकल्पिक राजनीतिक सोचलाई संस्थागत गर्ने, तथा पार्टीभित्र लोकतान्त्रिक अभ्यासलाई अझ प्रभावकारी बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण