मार्च १६ मा धर्तीमा आउने भइन् सुनिता विलियम्स
सोमबार, २६ फागुन २०८१, १७ : ५८
वासिङ्टन डिसी । भारतीय मूलकी अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स र ब्यारी विल्मोर अर्को हप्ता पृथ्वीमा फर्कने तयारीमा छन् । यो जोडी गएको नौ महिनादेखि अन्तरिक्षमा फसेका थिए ।
अब यी दुवै जना खर्बपति व्यापारी एलन मस्कको अन्तरिक्ष अन्वेषण कम्पनी स्पेसएक्स ड्र्यागन अन्तरिक्ष यानबाट मार्च १६ मा धर्तीमा आउनेछन् । स्पेस एक्सले अर्को हप्ता राहत टोलीसहित यान प्रक्षेपण गर्दैछ ।
सुनिता र विलमोरलाई मार्च १६ मा पृथ्वीमा फर्काइने नासाले पनि आधिकारिक रूपमा पुष्टि गरेको छ । उनीहरू दुवै जना २०२४ को जुन ५ मा बोइङको अन्तरिक्ष यान चढेर अन्तर्राष्ट्रिय स्पेस स्टेसन गएका थिए ।
तर उनीहरू चढेर गएको क्याप्सुलमा बारम्बार खराबी आएपछि यान रित्तै पृथ्वीमा फर्कियो । ८ दिनका लागि मात्रै भनेर आईएसएस गएका उनीहरू ९ महिनादेखि त्यही छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण