अनलाइन टिभी पत्रकार सङ्घको 'सदस्यता सप्ताह' सुरु
काठमाडौँ । नेपालका अनलाइन टिभीकर्मीहरूको छाता संस्था 'अनलाइन टिभी पत्रकार संघ'ले आजदेखि चैत्र ५ गतेसम्मका लागि 'सदस्यता सप्ताह' घोषणा गरेको छ।
चैतको दोस्रो हप्ता अधिवेशन गर्ने निर्णय भएकाले चैत्र ५ गतेभित्र सदस्यता नवीकरण गर्ने वा नयाँ सदस्यता फाराम भर्ने मिति तोकिएको हो। संघको यही फागुन २५ गते बसेको बैठकले २७ गतेदेखि सदस्यता सप्ताह सञ्चालन गर्ने निर्णय गरेको हो।
अनलाइन टेलिभिजन सञ्चालन गर्दै आएका देशभरका अनलाइन टिभी पत्रकारहरूले संघका पदाधिकारी तथा सदस्यहरूसँग सदस्यताका लागि सम्पर्क गर्न सक्ने संघका अध्यक्ष जीवन भण्डारीले जानकारी दिए।
देशका विभिन्न जिल्लामा समेत कार्यसमिति रहेको सङ्घले सबै जिल्ला र सबै तहमा नयाँ कार्यसमिति बनाउने तयारी समेत गरेको छ।
नेपालमा अनलाइन टिभी पत्रकारितालाई शुद्धीकरण र सुदृढीकरण गर्ने उद्देश्यले २०७६ सालमा स्थापना भएको सङ्घले अनलाइन टिभी पत्रकारलाई जिम्मेवार बनाउँदै उनीहरूका हक अधिकारका लागि पैरवी र सङ्घर्ष गर्दै आइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण