अतिरिक्त भन्सार महसुलको चिन्ताले अमेरिका र एशियामा शेयर बजार चौपट
हङकङ । अमेरिका र एशियाका शेयर बजारमा पहिरो गएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको अतिरिक्त भन्सार महसुलको नकारात्मक आर्थिक प्रभावबारे चिन्ता चुलिँदै गर्दा शेयर बजार रक्ताम्मे भएका हुन् ।
एउटा टिभी अन्तरवार्तामा ट्रम्पले अतिरिक्त भन्सार महसुलका कारण अमेरिकी अर्थतन्त्र सङ्क्रमणकालीन अवस्थामा रहेको भनेपछि लगानीकर्ताहरू त्रस्त बनेका छन् । आइतबार अन्तरवार्ता प्रसारण भएपछि ट्रम्पका शीर्ष अधिकारी र सल्लाहकारहरूले लगानीकर्ताहरूको भय शान्त पार्ने कोसिस पनि गरेका थिए ।
उनी शेयर बजारको राष्ट्रपति हुन् भन्ने ट्रम्पको अघिल्लो भनाईको पुनः मूल्यांकन गर्नु पर्ने लगानी बैंक साक्सोमा लगानी राजनीतिज्ञ चारु चनानाले बीबीसीलाई भनिन् । सप्ताहन्तमा फक्स न्यूजले प्रसारण गरेको एक अन्तरवार्तामा ट्रम्पले अर्थतन्त्रबारे व्याप्त चिन्तालाई बुझेको जस्तो देखिएको थियो ।
अर्थतन्त्र मन्दीमा जान्छ भनेर सोधिएको प्रश्नको उत्तरमा उनले मलाई यस्तो खालको कुरा प्रक्षेपण गर्न फिटिक्कै मन पर्दैन भन्दै अर्थतन्त्र सङ्क्रमणकालीन अवस्थामा रहेको बताएका थिए ।
मंगलबार बिहान जापानको निक्केई २२५ परिसूचक १ दशमलव ७ प्रतिशतले घटेको थियो । दक्षिण कोरियामा कोस्पी १ दशमलव ३ प्रतिशतले तल आउँदा हङकङको हाङ शेङ परिसूचक पनि १ प्रतिशतसम्मले घटेको थियो । चीनमा शाङहाई कम्पोजिट शून्य दशमलव ४७ प्रतिशतले घटेको थियो । यो समाचार तयार पार्दाखेरि भारत, ताइवान, इन्डोनेशिया, सिंगापुर र थाइलयन्डमा पनि शेयर बजार रातोमै थिए ।
सोमबार अमेरिकामा कारोबार बन्द हुँदा न्यूयोर्क एसएन्डपी २ दशमलव ७ प्रतिशतभन्दा तल आएको थियो । दाउ जोन्स इन्डष्ट्रियल एभरेज पनि २ प्रतिशतले घटेको थियो । नाष्डाकमा भने ४ प्रतिशतभन्दा धेरैको कमी आएको थियो । उक्त दिन विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाको शेयर मूल्य १५ दशमलव ४ प्रतिशते घटेको थियो । एनभिडियाको शेयर ५ प्रतिशतभन्दा धेरैले घट्दा मेटा, एमाजन र अल्फाबेटको शेयर मूल्यमा पनि उच्च कमी देखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण