डाइटिङका कारण केरलामा एक युवतीको मृत्यु
नयाँ दिल्ली । गलत डाइटिङ र शरीर बनाउन स्टेरोइडको प्रयोगले धेरै मानिसहरूको ज्यान लिएको छ । यस्तैमा भारतको केरला राज्यको कन्नूरमा एउटा अचम्मलाग्दो घटना भएको छ । डाइटिङका कारण यहाँ एक १८ वर्षीया युवतीको मृत्यु भएको छ ।
ती युवतीले आफ्नो तौल घटाउन युट्युब हेरेर विशेष डाइट प्लान अपनाइरहेको थिइन् । युवती केही अघि देखि तौल बढ्ने डरले युवतिले खाना नै खान छोडेकी थिइन् ।
पानीको भरमा बाँचिरहँदा युवतिको मृत्यु एनोरेक्जियाका कारण भएको अधिकारीहरूले सोमबार बताएका छन् । यो रोग लागेका व्यक्तिहरू पातलो नै भएपनि आफ्नो तौल धेरै भएको सोच्छन् अनि खानेकुरा सकेसम्म खाँदैनन् ।
कन्नूरको कुथुपरम्बा निवासी श्रीनन्दको थलासेरीको एक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृतक मट्टानूर पझहसिराजा एनएसएस कलेजमा स्नातक प्रथम वर्षको विद्यार्थी थिइन् । अन्तिम दिनहरूमा उनी भेन्टिलेटर सपोर्टमा थिइन् । बिचमा उनको कोझिकोड मेडिकल कलेजमा पनि उपचार गराइयो ।
डाक्टरले युवतिलाई ठोस आहार खान बारम्बार भनेका पनि थिए । तर आफन्तहरूका अनुसार तौल बढ्ने डरले श्रीनन्दले खाना छोड्ने र धेरै व्यायाम गर्ने गर्थिन् । उनी तरल आहारको भरमा मात्रै बाँचेको उनीहरूले बताए । दुई हप्ता अघि युवतिको ब्लड सुगर ह्वात्तै घट्यो । त्यति नै बेला उनको श्वास प्रश्वासमा पनि समस्या देखियो । तत्कालै अस्पतालमा उनलाई आईसीयूमा भर्ना गरिएको थियो भने सुगर लेभल, सोडियम र बीपी सबै निकै कम थिए । भेन्टिलेटरमा राख्दा पनि उनको अवस्था सुध्रिएन र अन्ततः मृत्यु भएको डाक्टरले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण