प्रचण्डको तारिफ गर्दै गगनले भने, ‘कांग्रेस लोकतन्त्रप्रति प्रतिबद्ध छ’

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्रप्रति प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको प्रतिबद्धताको सराहना गरेका छन् । मंगलबार बसेको प्रतिनिधि सभाको विशेष समयमा बोल्दै महामन्त्री थापाले प्रचण्डले लोकतन्त्र र संविधानप्रति गरेको चिन्ताको सराहना गरेका हुन् ।
‘प्रचण्डजीले राखेको अभिव्यक्ति सुन्ने मौका पाएँ । खासगरी नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रमुख प्रतिपक्ष दलले राखेको प्रतिबद्धताको मेरो पार्टीका तर्फबाट सराहना गर्न चाहन्छु’, थापाले भने, ‘हामी सबै यो व्यवस्था र संविधानप्रति उत्तिकै प्रतिबद्ध छौँ ।’
उनले सबै मिलेर ल्याएको संविधान र व्यवस्था जोगाउन उत्तिकै प्रतिबद्ध रहेको भन्दै कांग्रेस संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा पुग्नु कुनै एक घटना मात्र कारण नरहेको बताए । थापाले जनता असन्तुष्ट रहेको स्वीकार गरे पनि सरकारसँग असन्तुष्ट नभएको दाबी गरे
बैठकमा प्रचण्डले सत्तारुढ र सरकारकै कारण मुलुकमा प्रतिगामी र राजावादीहरूले चलखेल हुनुका साथै जनता समेत असन्तुष्ट रहेको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलिया चुनाव : विपक्षी दलका नेतालाई नै हराउने अलि को हुन् ?
-
अर्बपति लगानीकर्ता वारेन बफेटले वर्कशायर हाथवेको सीईओ पदबाट राजीनामा दिने
-
‘फिल्डमा खटिएको प्रहरीलाई सीडीओले सीधै कमान्ड गर्न मिल्दैन’
-
वर्षाले सूर्यविनायक–साँगा सडकमा एकतर्फी सवारी सञ्चालन
-
राष्ट्रिय महिला गोल्डकप : पुलिस र रौतहट भिड्ने
-
फास्ट ट्र्याक निर्माण सम्बन्धमा प्रतिनिधिसभामा ध्यानाकर्षण पत्र दर्ता