प्रचण्डको तारिफ गर्दै गगनले भने, ‘कांग्रेस लोकतन्त्रप्रति प्रतिबद्ध छ’
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्रप्रति प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको प्रतिबद्धताको सराहना गरेका छन् । मंगलबार बसेको प्रतिनिधि सभाको विशेष समयमा बोल्दै महामन्त्री थापाले प्रचण्डले लोकतन्त्र र संविधानप्रति गरेको चिन्ताको सराहना गरेका हुन् ।
‘प्रचण्डजीले राखेको अभिव्यक्ति सुन्ने मौका पाएँ । खासगरी नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रमुख प्रतिपक्ष दलले राखेको प्रतिबद्धताको मेरो पार्टीका तर्फबाट सराहना गर्न चाहन्छु’, थापाले भने, ‘हामी सबै यो व्यवस्था र संविधानप्रति उत्तिकै प्रतिबद्ध छौँ ।’
उनले सबै मिलेर ल्याएको संविधान र व्यवस्था जोगाउन उत्तिकै प्रतिबद्ध रहेको भन्दै कांग्रेस संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा पुग्नु कुनै एक घटना मात्र कारण नरहेको बताए । थापाले जनता असन्तुष्ट रहेको स्वीकार गरे पनि सरकारसँग असन्तुष्ट नभएको दाबी गरे
बैठकमा प्रचण्डले सत्तारुढ र सरकारकै कारण मुलुकमा प्रतिगामी र राजावादीहरूले चलखेल हुनुका साथै जनता समेत असन्तुष्ट रहेको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण