सरकारलाई मेटमणिको चेतावनी : हामी पनि इँटाको जवाफ पत्थरले दिन्छौँ
मङ्गलबार, २७ फागुन २०८१, १४ : ३७
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले दाङका स्वर्गद्वारी गुठीपीडित किसानको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद चौधरीले राज्यले सुन्नलाई कान र हेर्नलाई आँखा नभए जसरी किसानका मागहरूको बेवास्ता गरेको आरोप लगाएका हुन् ।
उनले भने, ‘दाङका किसानहरू धर्नामा बसेको ३८ दिन भयो । राज्यले माग सम्बोधन गरेको छैन । मानौँ राज्यसँग सुन्नको लागि कान छैन, हेर्नको लागि आँखा छैन । किसानहरूको साथमा रहेको सामानहरू डकैती शैलीमा खोसिएको छ । यदि यसलाई ठिक मान्ने हो भने हामी पनि इँटाको जवाफ पत्थरले दिन्छौँ । अब त अति भयो । अति भए खति हुन्छ भन्ने हेक्का सरकारलाई हुनुपर्छ । ’
उनले मोही किसानका समस्या समाधान गर्न तदारुकताका साथ काम गर्न सरकारसँग माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण