दाङका स्वर्गद्वारी गुठीपीडित किसानहरूको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण
मङ्गलबार, २७ फागुन २०८१, १४ : ३९
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले दाङका स्वर्गद्वारी गुठीपीडित किसानको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले यस्तो ध्यानाकर्षण गराएका हुन् ।
सांसद चौधरीले राज्यले सुन्नलाई कान र हेर्नलाई आँखा नभएजसरी किसानका मागहरूको बेवास्ता गरेको आरोप लगाए । उनले आन्दोलनरत किसानहरूसँग भएका सामाग्रीहरू समेत सरकारले डकैती शैलीमा खोसेको आरोप लगाए ।
उनले भने, ‘दाङका किसानहरू धर्नामा बसेको ३८ दिन भयो । राज्यले माग सम्बोधन गरेको छैन । मानौँ राज्यसँग सुन्नको लागि कान छैन, हेर्नको लागि आँखा छैन । किसानहरूको साथमा रहेको सामानहरू डकैती शैलीमा खोसिएको छ ।’
सांसद चौधरीले मोही किसानका समस्या समाधान गर्न तदारुकताका साथ काम गर्न सरकारसँग माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण