राजाको नामले सदन तरंगित छ, हामी खुसी छौँ : सांसद प्रधान
काठमाडौँ । राप्रपाका सांसद ध्रुवबहादुर प्रधानले राजाको नामले सदन तरंगित भएकोमा आफूहरू खुसी भएको बताएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानले यस्तो बताएका हुन् ।
‘आज सदन राजाको नामले तरंगित छ, हामी खुसी छौँ’, उनले भने, ‘फागुन ७ गते राजाबाट शुभकामना व्यक्त गर्दै अभिभावकीय भूमिका निर्वाह गरिबक्स्यो । सोही अनुसार २५ गते पोखराबाट काठमाडौँ फर्कँदा स्वतःस्फूर्त रूपमा नागरिकहरू एरपोर्ट हुँदै निर्मल निवास पुगे ।’
उनले प्रमुख प्रतिपक्ष दलका नेता प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति प्रकट गर्दै अपरिपक्व भएको समेत बताए ।
‘विद्धान मित्रहरू भनिरहेका छन्, अव यो व्यवस्थाले धान्न सक्दैन राजसंस्थाको अपरिहार्यताको कुरा गरिरहेका छन्’, प्रधानले भने, ‘संघीयता खारेजीका कुरा गरिरहेका छन् ।’ पश्चगामी र पुर्नउत्थावादी कुरा नगरेको भन्दै अभिभावकको भूमिका निर्वाह गर्ने राजसंस्था संसदबाटै व्यवस्था गर्न सकिने प्रधानको भनाइ छ । तर उनले आन्दोलनलाई निरन्तरता दिने भन्दै अबको आन्दोलनमा सारा राष्ट्रवादी शक्ति एक ठाउँमा उभिने दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण