लागू औषध र अपराधविरुद्ध लड्ने कसम खाएका डुटर्ते अन्ततः आफैं पुगे हिरासत
काठमाडौं । फिलिपिन्सको सत्ता संघर्षका दौरान रोड्रिगो डुटर्तेको नाटकीय पतन भएको छ । आफ्नो ८० औं जन्म दिनभन्दा ठीक पहिले उनले लागू औषध र अपराधविरोधी अभियान मार्फत् आफ्नो देशको शुद्धिकरण गर्ने कसम खाएका थिए । तर, त्यो प्रतिवद्धता धेरै दिन टिक्न पाएन, अहिले आफैं हिरासत पुग्नु परेको छ ।
पूर्व राष्ट्रपति डुटर्तेलाई प्रहरीले हङकङबाट मनीला पुग्नेवित्तिकै पक्रिएको हो । जहाँ उनी आगामी मध्यावधि निर्वाचनमा उम्मेदवारी दिन ठूलो संख्याका फिलिपिनो प्रवासीमाझ समर्थन जुटाइरहेका थिए ।
अन्तर्राष्ट्रिय फौजदारी न्यायालयबाट उनको नाममा जारी वारेन्ट पहिल्यै फिलिपिन्स सरकारको हात लागेको थियो । लौरोको सहारामा हवाई अड्डामा हिँडिरहेका उनलाई सुरुमा वायु सेनाको बेसक्याम्प लगिएको थियो भने हेग स्थित अन्तर्राष्ट्रिय फौजदारी न्यायालय (आईसीसी) लैजान एक चार्टर्ड जेट तयार पारिएको थियो ।
शक्शिाली तथा लोप्रिय मानिएका उनलाई अहिले अक्सर धेरैले ‘एशियाको ट्रम्प’ भन्ने गरेका छन् । उनका वकील र परिवारले भने गिरफ्तारीको कुनै कानूनी आधार नरहेको भन्दै विरोध गरेका छन् । कमजोर स्वास्थ्य अवस्था भएका उनको अति उपेक्षा गरिएको उनका कानून व्यवसायीले बताएका छन् ।
पदमा रहँदा उनले मार्कोस परिवारसँग गठबन्धन गरेका थिए । जो अपदस्त तानाशाह फर्डिनेंड मार्कोसका शिष्य मानिन्छन् । डुटर्तेले सन् २०२२ को चुनावमा भाग लिन सकेनन् । यद्यपि, उनकी छोरी सारा दक्षिणी शहर दावोकी मेयर बनिन् ।
निकै लोकप्रिय बेनकी सारा आफ्ना पिताको ठाउँ लिने बलियो दावेदार मानिए पनि फर्डिनेंड परिवारको दबदबा कायम रहयो । अब दुबै परिवार मिलेर सन् २०२८ को चुनाव लड्ने तयारी गरेका छन् । जहाँ फर्डिनेंड मार्कोसका छोरा बोंगबोंगलाई राष्ट्रपति र सारालाई उप-राष्ट्रपति दिने सहमति छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण