अस्ट्रेलियाका म्याथ्यू वेड गुजरात टाइटन्सको सहायक प्रशिक्षक
काठमाडौँ । अस्ट्रेलियन टोलीका पूर्वविकेटकिपर ब्याट्सम्यान म्याथ्यू वेड इन्डियन प्रिमियर लिग (आईपीएल) क्लब गुजरात टाइटन्ससँग जोडिएका छन् । इन्डियन प्रिमियर लिगको आगामी संस्करणका लागि गुजरातले म्याथ्यू वेडलाई आफ्नो सहायक प्रशिक्षकमा नियुक्त गरेको हो ।
३७ वर्षीय म्याथ्यू वेड अस्ट्रेलियालाई आईसीसी टी–२० विश्वकपको उपाधि चुमाउने टोलीका प्रभावशाली खेलाडी हुन् । उनी अस्ट्रेलियाको बिग बास लिग (बीबीएल) मा होबर्ट हरिकन्ससँग जोडिएका छन् ।
उनले खेलाडीको भूमिकामा होबर्ट हरिकन्सलाई बिग बास लिगको उपाधि चुमाउन पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । करिब दुई महिनाअघि सम्पन्न बिग बास लिगको फाइनलमा उनले सिड्नी थन्डर्सविरुद्ध केवल १७ बलमा एक छक्का र पाँच चौकाको मद्दतले अविजित ३२ रन बनाएका थिए ।
फाइनलमा होबर्ट हरिकन्सले सिड्नी थन्डर्सलाई सात विकेटले हराएको थियो । म्याथ्यू वेड यसअघि खेलाडीको भूमिकामा पनि आईपीएल क्लब गुजरात टाइटन्ससँग जोडिएका थिए । उनले खेलाडीको भूमिकामा गुजरातका लागि १२ खेल खेलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली लाभग्राही बनाएर भत्ता वितरण, वडाध्यक्षसहित ४२ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
-
‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण