आरआर क्याम्पसको स्ववियु सचिवका उम्मेदवारमाथि आक्रमण
बुधबार, २८ फागुन २०८१, ११ : ५६
काठमाडौँ । प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा स्ववियुको सचिवमा उम्मेदवारी दिएका दिपक देवकोटामाथि आक्रमण भएको छ । स्वतन्त्र विद्यार्थीहरुको समूहबाट उम्मेदवारी दिएका देवकोटालाई बुधवार क्याम्पसको खेल मैदानमा १०–१२ जना विद्यार्थीहरुले आक्रमण गरेका हुन् । अनेरास्ववियुमा आवद्ध निराजन भट्ट सहितको समूहले आक्रमण गरेको देवकोटा पक्षका विद्यार्थीहरुले दावी गरेका छन् ।
घटनाबारे क्याम्पस प्रमुख पदम अधिकारीलाई जानकारी गराउँदा उनले आफ्नो विषय नभएको भन्दै पन्छिएको देवकोटाको समूहका रेशम सापकोटाले रातोपाटीलाई बताए । आक्रमणमा संलग्नहरु विरुद्ध ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा जाहेरी दर्ता गर्न लागिएको सापकोटाले बताए । उनले भने– ‘जाहेरी लिएर प्रहरी वृत्त सिंहदरबारमा पुगेका छौँ ।’
आक्रमणकारीहरुले एकजना महिला विद्यार्थीलाई पनि आक्रमण गरेको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण