संसद् बैठक
आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्वसम्बन्धी विधेयकमा दिएका विरोधका सूचना बहुमतबाट अस्वीकृत
बुधबार, २८ फागुन २०८१, १४ : ०८

काठमाडौँ । ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि ६ प्रतिपक्षी दलका सांसदले दर्ता गरेका विरोधका सूचना अस्वीकृत भएका छन् । विधेयकमाथि प्रभु साह, प्रकाश ज्वाला, प्रेम सुवाल, चित्रबहादुर केसी, देवेन्द्र पौडेल, नारायणी शर्माले दिएका विरोधका सूचना प्रतिनिधिसभाको बहुमतबाट अस्वीकृत भएका हुन् ।
विधेयक उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्ने कार्यसूची छ । सरकारले ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ जारी गरेको थियो । त्यही अध्यादेशलाई प्रतिस्थापन गर्न आज अर्थमन्त्री पौडेलले त्यो विधेयक ल्याउने लागेका हुन् । त्यसमा प्रतिपक्षी ६ सांसदले विरोधको सूचना दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले औपचारिकताका लागि मात्रै नीति तथा कार्यक्रम ल्याएको देखियो : अध्यक्ष लिङ्देन
-
नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप
-
नेपालमा न्याय निरूपण र फैसला कार्यान्वयनको अवस्था कस्तो छ ?
-
यसकारण ८ वर्षपछि चलचित्र अभिनयमा फर्किए राजेश हमाल
-
ढुङ्गेलको अध्यक्षतामा २७ सदस्यीय लोकतान्त्रिक ब्याडमिन्टन सङ्घ गठन
-
‘किसान पलायन भए उद्योग व्यवसाय पनि सबल रहँदैन’