प्रचण्डद्वारा रुपन्देहीको जमुहानी पोखरा ताल पार्कको शिलान्यास
बुटवल । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार रुपन्देही जिल्लाको ओम तिया–६ मा अवस्थित राम जानकी जमुहानी पोखरा ताल पार्कको शिलान्यास गरेका छन् । पार्कको शिलान्यास गर्दै प्रचण्डले यस्ता ताल तथा पार्कहरूले रुपन्देहीको धार्मिक तथा ऐतिहासिक महत्वको पार्क निर्माणले पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने विश्वास व्यक्त गरे ।
उनले स्थानीय पर्यटनसँग जोड्न यस्ता पार्कहरू अन्य ठाउँमा पनि बनाउन आग्रह गर्दै निर्माणमा बजेट अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले स्थानीयहरू समन्वय यस्ता पार्क तथा धार्मिक स्थलहरू संरक्षण गर्नको लागि सरकारले ध्यान दिनु पर्ने बताए ।
स्थानीय ,प्रदेश र सङ्घले जसले जहाँ विकास निर्माणको काम गरे पनि स्थानीयहरूले अपनत्व हुने गरी गर्नु पर्ने उनको भनाई थियो । सो अवसरकार ताल संरक्षण समितिका अध्यक्ष एव ओम तिया गाउँपालिका वार्ड ६ का अध्यक्ष शिव कुमार धवलले ऐतिहासिक ठाउँ पार्क निर्माण आन्तरिक पर्यटन भित्राउने उद्देश्य रहेको बताएका थिए ।
प्रचण्ड आज दिनभर विभिन्न रुपन्देही कार्यक्रम सहभागी हुने छन् । त्यसपछि अध्यक्ष प्रचण्ड बुटवल उपमहानगरपालिकाको समन्वयमा ज्योति नगर पहिरो क्षेत्रको निरीक्षण गर्नेछन्।
पछिल्लो समय बुटवलका पहिरो ग्रस्त स्थानमा ज्योति नगर पहिरोका कारण स्थानीयवासी समस्यामा परेका छन्, जसको स्थलगत निरीक्षण गरी आवश्यक समाधानका उपायहरूबारे स्थानी तह सँग समन्वय गरिने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौलापुरमा विद्युत्–पानीको शुल्क सुविधा नरोक्न सर्वोच्चको अन्तरिम आदेश
-
मोटरसाइकल दुर्घटना, पाँच जना घाइते
-
ठमेलमा अश्लील गतिविधि र प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा ५ विदेशी महिला पक्राउ
-
स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपति नियुक्तिका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सकियो
-
रोयल्टी नतिर्ने १०३ वटा संस्थाविरूद्ध प्रहरीमा जाहेरी, ३ मुद्दा अदालतमा
-
विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी बालिका मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण