१० निर्माण कम्पनी सार्वजनिक खरिद अनुगमन कार्यालयको कालोसूचीमा
काठमाडौँ । १० निर्माण कम्पनी सार्वजनिक खरिद अनुगमन कार्यालयको कालोसूचीमा परेका छन् । विभिन्न ५ सार्वजनिक निकायको सिफारिसमा ती कम्पनीहरूलाई एकदेखि डेढ वर्षका लागि कालोसूचीमा राखिएको हो ।
यसरी कालोसूचीमा पर्ने कम्पनीहरूमा गुल्मीको धुर्कोट गाउँपालिकाको सिफारिसमा तारालक्ष्मी निर्माण सेवा र ममता मञ्जु कन्स्ट्रक्सन, संखुवासभा सभापोखरी गाउँपालिका सनम निर्माण सेवा र निर्जरा निर्माण सेवा, डोटीको सिताराम माविको सिफारिसमा नयाँ बानेश्वरको इन्द्रणी बिल्डर्स, सशस्त्र प्रहरी बल महोत्तरीको सिफारिसमा जीएस निर्माण सेवा र कमन कन्स्ट्रक्सन तथा पुरातत्व विभागको सिफारिसमा राजेन्द्र निर्माण सेवा, रफिना एण्ड कन्स्ट्रक्सन र राम निर्माण कन्स्ट्रक्सन कम्पनी कालोसूचीमा राखिएको हो ।
सार्वजनिक खरिद प्रक्रियाका सर्त पूरा नगर्ने कम्पनीलाई सार्वजनिक निकायको सिफारिसमा कालोसूचीमा राख्नसक्ने व्यवस्था सार्वजनिक खरिद ऐन तथा नियमावलीले गरेको छ ।
यसअघि कार्यालयले कम्पनीहरूलाई प्रस्टीकरण सोधेको थियो । जवाफ चित्तबुझ्दो नपाएपछि ती संस्थाहरूलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण