पक्लिहवा कृषि क्याम्पसमा निर्वाचन अधिकृतको राजीनामा माग्दै तालाबन्दी
रुपन्देही । पक्लिहवा कृषि क्याम्पसमा निर्वाचन अधिकृतको राजीनामा माग्दै अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी) ले तालाबन्दी गरेका छन् । त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस, पक्लिहवा कृषि क्याम्पस रुपन्देहीमा स्ववियु निर्वाचन प्रक्रिया अपारदर्शी भएको भन्दै अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी) ले तालाबन्दी गरेका हुन् । उनीहरूको तालाबन्दीपछि निर्वाचन प्रक्रिया नै स्थगित भएको छ ।
संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले निर्वाचन अधिकृतले पूर्वाग्रही व्यवहार गर्दै षड्यन्त्रपूर्वक हस्तक्षेप गरेको आरोप लगाएका छन् । उनीहरूले निर्वाचन अधिकृतको राजीनामा माग गरेका छन् ।
मनोनयन प्रक्रियामा तोकिएको समयभन्दा ढिलो गरेको, चुनावी मर्यादा उल्लंघन भएको जस्ता कारण लगाउँदै उनीहरूले निर्वाचन अधिकृतको राजीनामा गमा गरेका हुन् । नयाँ निर्वाचन समिति गठन गर्न समेत माग गरेका छन् ।
तालाबन्दीपछि दुवै संगठनको तर्फबाट संयुक्त विज्ञप्ति जारी गर्दै निर्वाचन अधिकृतले राजीनामा दिएर नयाँ निर्वाचन समिति गठन नहुँदासम्म तालाबन्दी नखुल्ने प्रस्ट पारेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण