क्यानको वर्गीकरण : अनिल साह 'बी' मा उक्लिँदा कुशल भुर्तेल 'ए' बाट झरे

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले पुरुष तथा महिला क्रिकेटरहरूको वर्गीकरण गरेको छ। जम्मा ५२ जना खेलाडीलाई समेटेर क्यानले वर्गीकरण गरेको हो।
‘ए’ ग्रेडमा पुरुषतर्फ ५ जना खेलाडीलाई राखिएको छ । कप्तान रोहितकुमार पौडेलसहित दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, सन्दीप लामिछाने र सोमपाल कामी ‘ए’ ग्रेडमा रहँदा कुशल भुर्तेल र करण केसीलाई भने क्यानले ‘बी’मा झारेको छ।
यी दुई बाहेक ‘बी’ ग्रेडमा गुल्शन झा, ललितनारायण राजवंशी र अनिल साह परेका छन् । यसअघि अनिल ‘डी’ ग्रेडमा थिए। अविनाश बोहरा ‘बी’बाट ‘डी’मा झरेका छन् भने कुशल मल्ल ‘सी’मा झरेका छन् । उनीसहित आरिफ शेख, भीम सार्की र सन्दीप जोरालाई पनि ‘सी’ मा राखिएको छ। यस्तै प्रतिश जीसी भने ‘सी’बाट ‘डी’मा झरेका छन् ।
ग्रेड ‘डी’मा लोकेश बम, सागर ढकाल, साहब आलम, आकाश चन्द, विवेक यादव, सूर्य तामाङ, रिजन ढकाल, देव खनाल, बसिर अहमद, प्रतिश जीसी, अविनाश बोहरा र मयन यादव छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकी प्रदेश सभाबाट सडक विधेयक पारित
-
बिचौलिया र दलालहरूको स्वार्थमा कुलमानलाई हटाइयो- माओवादी केन्द्र
-
गणतन्त्रवादी र राजावादीको प्रदर्शनका लागि तोकियो तीनकुने र भृकुटीमण्डप
-
कुलामान हटाइएको विषयले कर्णाली प्रदेश सभामा पनि पायो प्रवेश, सरकारको विरोध
-
माओवादी नेताहरूलाई प्रश्न : टीआरसीसँग कुलमान सौदाबाजी हो ?
-
गुल्मीमा प्रधानमन्त्रीको पुत्ला जलाइयो