क्यानको वर्गीकरण : अनिल साह 'बी' मा उक्लिँदा कुशल भुर्तेल 'ए' बाट झरे
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले पुरुष तथा महिला क्रिकेटरहरूको वर्गीकरण गरेको छ। जम्मा ५२ जना खेलाडीलाई समेटेर क्यानले वर्गीकरण गरेको हो।
‘ए’ ग्रेडमा पुरुषतर्फ ५ जना खेलाडीलाई राखिएको छ । कप्तान रोहितकुमार पौडेलसहित दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, सन्दीप लामिछाने र सोमपाल कामी ‘ए’ ग्रेडमा रहँदा कुशल भुर्तेल र करण केसीलाई भने क्यानले ‘बी’मा झारेको छ।
यी दुई बाहेक ‘बी’ ग्रेडमा गुल्शन झा, ललितनारायण राजवंशी र अनिल साह परेका छन् । यसअघि अनिल ‘डी’ ग्रेडमा थिए। अविनाश बोहरा ‘बी’बाट ‘डी’मा झरेका छन् भने कुशल मल्ल ‘सी’मा झरेका छन् । उनीसहित आरिफ शेख, भीम सार्की र सन्दीप जोरालाई पनि ‘सी’ मा राखिएको छ। यस्तै प्रतिश जीसी भने ‘सी’बाट ‘डी’मा झरेका छन् ।
ग्रेड ‘डी’मा लोकेश बम, सागर ढकाल, साहब आलम, आकाश चन्द, विवेक यादव, सूर्य तामाङ, रिजन ढकाल, देव खनाल, बसिर अहमद, प्रतिश जीसी, अविनाश बोहरा र मयन यादव छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण