अभियुक्तलाई पक्राउ गर्न जाँदा स्थानीय र प्रहरीबिच झडप, एक प्रहरीको मृत्यु
बिहार । बिहारको अररियामा एक अभियुक्तलाई पक्राउ गर्न गएका प्रहरी र स्थानीयबिच बुधबार झडपको क्रममा लडेर एक सहायक उप–निरीक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा राजीव रञ्जन मल्ल रहेका छन् ।
राजीव रञ्जन मल्ल अररियाको फुलकाहा प्रहरी चौकीमा कार्यरत थिए। बुधबार राति फुलकाहा प्रहरी चौकीले लक्ष्मीपुर भन्ने गाउँमा एक अभियुक्तको उपस्थितिको बारेमा सूचना प्राप्त गरेको थियो । त्यसपछि प्रहरी चौकीको सम्पूर्ण टोलीले राति अबेर गाउँमा छापा मारेको थियो।
यसै क्रममा गाउँलेहरूले उनलाई धकेले जसमा उनी गम्भीर घाइते भएको अररियाका एसपी अञ्जनीकुमारले बीबीसीलाई जानकारी दिए । उनले भने, ‘फुलकाहा प्रहरी चौकीका एएसआई राजीव रञ्जन मल्ल लागुऔषध तथा हातहतियार ऐनअन्तर्गत एक अभियुक्तलाई पक्राउ गर्न गएका थिए। फुलकाहा प्रहरी चौकीको सम्पूर्ण टोली उनीसँगै थियो। अभियुक्तलाई पक्राउ गरेपछि गाउँलेहरूले एएसआईलाई धकेलेर छुटाउन खोजे।’
उनले थपे, ‘यसैबीच, राजीव रञ्जन लडे, उनलाई उपचारको लागि अस्पताल ल्याइयो, जहाँ उनको मृत्यु भयो। शवको पोस्टमार्टम भइरहेको छ। त्यसपछि मृत्युको कारण थाहा हुनेछ।’ झडपको क्रममा अभियुक्त भाग्न सफल भएको उनले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण