चन्द्रागिरीमा आत्मदाह प्रयास प्रकरण : युवकका परिवारले दिए प्रहरीमा जाहेरी
काठमाडौँ । चन्द्रागिरी नगरपालिका–७ घर भएका उत्तम कार्कीले आत्मदाह प्रयास गरेको घटनामा उनका परिवारले प्रहरीमा जाहेरी दिएका छन् ।
फागुन २७ मा राति कार्कीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । सो घटना अनुसन्धान गरेर आत्मदाह प्रयास गर्न बाध्य पार्ने महिलालाई कारबाही गर्न परिवारले माग गरेका छन् ।
प्रहरी वृत्त थानकोटका डीएसपी सूर्यप्रकाश सुवेदीले जाहेरी लिन अस्वीकार गरेपछि जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिइएको पीडितका आफन्तहरूले बताएका छन् ।
३५ वर्षीय कार्कीको कीर्तिपुर स्थित बर्न अस्पतालमा उपचार भइरहेको छ । कार्कीको अनुहार लगायत शरीरको भाग जलेको छ ।
स्थानीय एक जना महिलाले लगातार उजुरी गरेर तनाव दिएको हुनाले आफू बाँच्न नसक्ने अवस्थामा पुगेको उनले फेसबुक लाइभमा उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘मलाई पटक पटक दबाब दिइएको छ, मेरो कुरा कुनै पनि निकायले सुनेनन् ।’
पीडित परिवारले ती महिलाले ‘आत्महत्या दुरुत्साहन उद्योग’ गरेको भन्दै पक्राउ गरेर अनुसन्धान गर्न माग गरेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँको मुद्दा शाखाका डीएसपी हरि खतिवडाले जाहेरी लिएको तर, दर्ता नगरेको पीडितका आफन्तहरू बताउँछन् ।
आर्थिक व्यवहार बिग्रिएपछि आफूले दुर्व्यवहार नगरेपनि एक जना महिलाले आफूलाई पटक पटक तनाव दिएर ‘बाँच्न नसक्ने अवस्था’मा पुर्याएको कार्कीले जिकिर गरेका छन् । आत्मदाह प्रयास गर्दै सामाजिक सञ्जाल फेसबुकमा लाइभ गरेर उनले भनेका छन्, ‘देशमा न्याय मरेको रहेछ, मलाई बलात्कारको मुद्दा हालेर सन्दीप लामिछाने र पल शाह बनाउने धम्की आएपछि यो निर्णय लिन बाध्य भएँ ।’
पीडित परिवारको तर्फबाट जाहेरी आएको उल्लेख गर्दै जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले भने, ‘त्यसमा आवश्यक प्रक्रिया भइरहेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण