चन्द्रागिरिमा युवकले गरे आत्मदाह प्रयास, स्थानीयद्वारा उद्धार
काठमाडौँ । काठमाडौँको चन्द्रागिरिमा एकजना युवकले आत्मदाह प्रयास गरेका छन् । चन्द्रागिरि नगरपालिका–७ घर भएका उत्तम कार्कीले गएराति १२ बजेतिर आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका हुन् । परिवारका सदस्य र स्थानीयले उनको उद्धार गरेका छन् ।
३५ वर्षी कार्कीको अहिले कीर्तिपुर स्थित बर्न अस्पतालमा उपचार भइरहेको छ । कार्कीको अनुहार लगायत शरीरको भाग जलेको छ । स्थानीय एकजना महिलाले लगातार उजुरी गरेर तनाव दिएको हुनाले आफू बाँच्न नसक्ने अवस्थामा पुगेको उनले फेसबुक लाइभमा उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘मलाई पटक-पटक दबाब दिइएको छ, मेरो कुरा कुनै पनि निकायले सुनेनन् ।’
आर्थिक व्यवहार बिग्रिएपछि आफूले दुर्व्यवहार नगरेपनि एकजना महिलाले आफूलाई पटक पटक तनाव दिएर ‘बाँच्न नसक्ने अवस्था’मा पुर्याएको कार्कीले बताएका छन् । उनले भनेका छन्, ‘देशमा न्याय मरेको रहेछ, मलाई बलात्कारको मुद्दा हालेर सन्दीप लामिछाने र पल शाह बनाउने धम्की आएपछि यो निर्णय लिन बाध्य भएँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण