समाजवादी मोर्चाको बैठक भोलि बस्दै, जनकपुरको विरोधसभा स्थगित
काठमाडौँ । विपक्षी चारदलीय समाजवादी मोर्चाको बैठक भोलि (शुक्रवार) बस्ने भएको छ । नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा दिउँसो ३ बजे बैठक बस्ने मोर्चाको कार्यदल सदस्य तथा नेपाल समाजवादी पार्टी (नेसपा) का सहअध्यक्ष गङ्गानारायण श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार १५ गते काठमाडौँमा हुन लागिएको विरोध सभाको तयारीका लागि बैठक बस्न लागेको हो । यसअघि चैत ९ गते जनकपुरमा गर्ने भनिएको विरोध सभा स्थगित भएको उनले रातोपाटीलाई बताए ।
‘चैत १५ गते काठमाडौँमा हुने विरोध सभाको तयारीका लागि बैठक बस्न लागिएको हो । विरोध सभाको तयारीमा जुट्नुपर्ने भएकाले चैत ९ गते जनकपुरमा राखिएको विरोध सभा स्थगित गरिएको छ’, श्रेष्ठले भने ।
मोर्चाले चैत २ गते बिहान बौद्धिक वर्गसँग अन्तर्क्रिया राखिएको छ । दिउँसो १ बजे पत्रकार सम्मेलन गर्ने उनले बताए । फागुन २७ गते बसेको मोर्चाको बैठकले केपी ओली नेतृत्वको गठबन्धन सरकारका कारण सडकमा राजावादी शक्तिहरू सलबलाएको निष्कर्ष निकाल्दै प्रतिगामी शक्तिलाई केन्द्रबाट चुनौती दिन काठमाडौँमा विरोधसभा राखिएको नेताहरुले बताएका थिए ।
फागुन २५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि ठुलो संख्यामा मानिसहरू जम्मा भएपछि व्यवस्थामाथिको चुनौतीको रूपमा मोर्चाले विश्लेषण गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण