उपत्यकाको होली सुरक्षा
अवाञ्छित गतिविधि गरेको आरोपमा काठमाडौँबाट १२ जना पक्राउ
बिहीबार, २९ फागुन २०८१, १४ : ३५
काठमाडौँ । रङको पर्व ‘होली’ मनाउने क्रममा अवाञ्छित गतिविधि गरेको आरोपमा प्रहरीले काठमाडौँबाट १२ जनालाई पक्राउ गरेको छ । दुई जना महिलासहित १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए । काठमाडौँको पकनाजोलबाट प्रहरीले २ जना महिलालाई पक्राउ गरेको छ ।
इच्छा विपरीत लोला हान्ने र रङ दल्ने लगायतका अवाञ्छित गतिविधि गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । न्युरोड गेटबाट ३ जना, कोटेश्वर चोकबाट ४ जना, सिंहदरबार पश्चिम गेटबाट २ जना र बौद्धबाट १ जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
कसुरको प्रकृति हेरेर उनीहरूलाई मुद्दा चलाउने वा छाड्नेबारे निर्णय गरिने एसपी बोहराले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण