बानेश्वर बहुमुखी क्याम्पस : अखिल क्रान्तिकारीबाट स्ववियु सभापतिको उम्मेदवारमा अधिकारी
क्याम्पस समितिको संयोजकमा गिरी
बिहीबार, २९ फागुन २०८१, १५ : २०
काठमाडौँ । बानेश्वर बहुमुखी क्याम्पसमा अनेरास्ववियु (क्रान्तिकारी) को तर्फबाट भूमिराज अधिकारी स्ववियु सभापतिको उम्मेदवार बनेका छन् । बिहीबार सो सङ्गठनले अधिकारीलाई स्ववियु सभापतिको उम्मेदवार बनाएको हो ।
सो सङ्गठनको तर्फबाट स्ववियु सचिवमा रविन रिजाल र कोषाध्यक्षमा सन्जिता भट्टराईलाई उठाउने निर्णय भएको छ ।
साथै क्याम्पस समितिको इन्चार्जमा अधिकारी र संयोजकमा पेरिसराज गिरीलाई जिम्मेवारी दिने निर्णय भएको छ । सहसंयोजकमा स्मिता कार्कीले जिम्मेवारी पाएकी छन् ।
बिहीबार सो सङ्गठनका केन्द्रीय अध्यक्ष विजयप्रकाश सापकोटा र नेकपा (माओवादी केन्द्र) केन्द्रीय सदस्य युवराज चौलागाईंको विशेष आतिथ्यतामा बसेको बैठकले सो निर्णय गरेको संयोजक गिरीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण