कुर्स्क क्षेत्रको भ्रमणमा गए भ्लादिमिर पुटिन
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुर्स्क क्षेत्रको भ्रमण गरेका छन् । रुस–युक्रेन युद्ध सुरु भएपछि यस क्षेत्रमा उनको यो पहिलो भ्रमण हो ।
रुसका प्रमुख जनरल स्टाफले यस क्षेत्रको १,१०० वर्ग किलोमिटर भूमि युक्रेनी कब्जाबाट मुक्त भएको बताएका छन् । रुसी मिडिया रिपोर्टका अनुसार आफ्नो भ्रमणको क्रममा पुटिनले आफ्नो सेनालाई कुर्स्क क्षेत्रलाई पूर्ण रूपमा मुक्त गर्न आग्रह गरेका छन् ।
युक्रेनले अगस्ट २०२४ मा रुसको कुर्स्क क्षेत्रमा घुसपैठ गरेको थियो । यस क्रममा ठूलो क्षेत्र कब्जा गर्यो । त्यसपछि रुसले यहाँबाट हजारौँ मानिसहरूलाई बाहिर निकाल्यो । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले कुर्स्कको युद्धले बफर जोन सिर्जना गरेको र पूर्वी युक्रेनमा रूसी सेनाको तैनाथीलाई रोकेको बताएका थिए ।
हालैका समयमा रुसले कुर्स्क क्षेत्रमा आफ्नो भूमि फिर्ता लिइरहेको रिपोर्टहरू बाहिर आएका छन् । यसैबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत युद्धविराम वार्ता गर्न चाँडै मस्को पुग्ने बताइएको छ । यद्यपि, अमेरिकी प्रस्तावमा पुटिनबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।
यसअघि साउदी अरेबियामा भएको वार्तापछि युक्रेनले ३० दिनको तत्काल युद्धविरामको अमेरिकी प्रस्तावमा सहमति जनाएको छ र ट्रम्पले अब रुसलाई पनि त्यसका लागि मनाउन खोजिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण