अर्घाखाँचीमा माटोको ढिस्को खस्दा एक महिला घाइते
बिहीबार, २९ फागुन २०८१, १७ : ३६
अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा रातो माटो खन्ने क्रममा ढिस्को खस्दा एक महिला घाइते भएकी छन्। सो गाउँपालिका–३ स्थित बरका रूख औद्योगिक ग्रामभन्दा माथिल्लो क्षेत्रमा माटो खन्दै गर्दा अचानक ढिस्को खस्दा पाणिनी–२ पोखर थोक रजौसाकी ३५ वर्षीय तुम्कला पहराई मगर घाइते भएकी हुन्।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार आठ जनाको समूह माटो लिन त्यहाँ पुगेको थियो। माटो खन्ने क्रममा अकस्मात् माथिबाट ठुलो ढिस्को खसेर तुम्कला पहराईलाई च्यापेको थियो। घटनापछि स्थानीय बासिन्दाले उनलाई उद्धार गरी उपचारका लागि पाल्पास्थित मिसन अस्पताल पठाएका जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण