अर्घाखाँचीमा माटोको ढिस्को खस्दा एक महिला घाइते
बिहीबार, २९ फागुन २०८१, १७ : ३६

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा रातो माटो खन्ने क्रममा ढिस्को खस्दा एक महिला घाइते भएकी छन्। सो गाउँपालिका–३ स्थित बरका रूख औद्योगिक ग्रामभन्दा माथिल्लो क्षेत्रमा माटो खन्दै गर्दा अचानक ढिस्को खस्दा पाणिनी–२ पोखर थोक रजौसाकी ३५ वर्षीय तुम्कला पहराई मगर घाइते भएकी हुन्।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार आठ जनाको समूह माटो लिन त्यहाँ पुगेको थियो। माटो खन्ने क्रममा अकस्मात् माथिबाट ठुलो ढिस्को खसेर तुम्कला पहराईलाई च्यापेको थियो। घटनापछि स्थानीय बासिन्दाले उनलाई उद्धार गरी उपचारका लागि पाल्पास्थित मिसन अस्पताल पठाएका जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
-
राजावादीको विरोधाभास : आपसमा बेमेल तर ज्ञानेन्द्रको नजिक बन्ने होडबाजी
-
उद्योगमा सुरु हुँदै लोडसेडिङ ! के छ प्राधिकरणको तयारी ?
-
मोरङका अधिकांश क्याम्पसमा क्रान्तिकारी विजयी
-
नेपाल बैंकका तीन सञ्चालकको निर्वाचन नगर्न उच्चको अल्पकालीन अन्तरिम आदेश
-
गोरखा क्याम्पसमा अखिल क्रान्तिकारी विजयी