सुनसरीमा ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
बिहीबार, २९ फागुन २०८१, २३ : १०
इनरूवा । सुनसरीको हरिनगर गाउँपालिका–४ मा ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय उमेश मेहता रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
भुटाहाबाट चिमडीतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ त २४७१ नम्बरको ट्र्याक्टरले पैदल यात्रीलाई ठक्कर दिँदा गम्भीर घाइते भएका मेहतालाई उपचारका लागि जिल्ला अस्पताल इनरूवा पुर्याइएको र उपचारका क्रममा उनको मृत्यु भएको सुनसरीका प्रहरी नायव उपरीक्षक युवराज खतिवडाले जानकारी दिए ।
ट्र्याक्टर र चालक रूपेश सरदारलाई इलाका प्रहरी कार्यालय हरिनगरको नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण