समाजवादी मोर्चाले शनिबार बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया गर्ने
काठमाडौँ । समाजवादी मोर्चाले प्रतिगामी कदमलाई असफल बनाउन बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया गर्ने भएको छ । शुक्रवार नेकपा (एकीकृत समाजवादी) को कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकका निर्णय सुनाउँदै नेकपाका नेता खड्गबहादुर विश्वकर्माले पछिल्लो समयबारे समीक्षा गरिएको र विषय गम्भीर रहेको निष्कर्ष निकालिएको बताए । उनले परिस्थिति एकपछि अर्को जटिल बन्दै गएको भन्दै यसलाई असफल बनाउन चैत्र १५ गते काठमाडौँमा वृहत् विरोध कार्यक्रम गर्ने र हजारौँ मानिस उतार्ने गरी तयारी गर्ने निर्णय भएको बताए ।
प्रतिगामी कदम र हर्कलाई असफल गर्नेगरी १५ गतेको विरोध कार्यक्रम गर्ने निष्कर्ष निकालिएको बताउनु भयो । उनले भने, ‘पछिल्लो परिस्थितिको समीक्षा गरेका छौँ । विषय धेरै गम्भीर छ । परिस्थिति एकपछि अर्को जटिल बन्दै गएको छ । जटिल बनाउने कसरतहरू भइरहेका छन् । कार्यक्रमको बारेमा केही सोचेका छौँ, केही भनेका पनि छौँ । कार्यक्रमलाई भोलि अघि बढाउने र भोलि बिहान ११ बजेबाट बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया गर्ने । दिउँसो साढे २ बजे पत्रकार सम्मेलन गर्ने र त्यसको व्यवस्थापकीय पक्षका बारेमा निर्णय लिइएको छ । १५ गतेको वृहत् विरोध प्रदर्शनलाई भव्य बनाउने । हजारौँ जनताको सहभागिता सुनिश्चित गर्ने निर्णय भएको छ ।’
उनले सांसदवादी दलहरू र संसदीय राजनीति भन्दा बाहिर रहेका राजनीतिक दल र नेताहरूसँग पनि नयाँ ढङ्गले छलफल गर्ने निर्णय भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण