ईयूबाट आउने रक्सीमा २०० प्रतिशत अतिरिक्त भन्सार महसुल लगाउने ट्रम्पको धम्की
वासिङटन डीसी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपबाट आउने रक्सीमा २०० प्रतिशत अतिरिक्त भन्सार महसुल लगाउने धम्की दिएका छन् । अमेरिका र यूरोपेली संघ (ईयू) बिचको व्यापार युद्ध चर्किदै गर्दा ट्रम्पले यस्तो धम्की दिएका हुन् ।
ट्रम्पले यूरोपबाट आउने स्टिल र अल्मुनियममा अतिरिक्त भन्सार महसुल लगाएपछि ईयूले अमेरिकाबाट आउने ह्विस्कीमा ५० प्रतिशतको अतिरिक्त भन्सार महसुल लगाउने घोषणा गरेको छ । जस्तालाई त्यस्तै गर्ने नीति चर्किदै गर्दा ट्रम्पले यो धम्की दिएका हुन् ।
शत्रुतापूर्ण र दूरव्यवहारपूर्ण व्यवहार गरेको र अमेरिकालाई लुट्ने उद्देश्यले समूह बनाएको भन्दै अमेरिकी ह्विस्कीमाथि ईयूले लगाएको महसुल तत्कालै हटाइहाल्न ट्रम्पले भनिरहेका छन् । पछिल्लो अवस्थाबारे कुराकानी गर्न अमेरिका र ईयूबिच फोन वार्ताको तयारी भइरहेको यूरोपेली आयोगका प्रवक्ताले भनेका छन् ।
ट्रम्पको पछिल्लो धम्कीपछि ईयूका व्यापार आयुक्त मारोस सेफ्कोभिकले अमेरिकी समकक्षीसँग कुरा गर्न लागको पूष्टि भएको छ । हरेक वर्ष यूरोपबाट अमेरिकामा ४ अर्ब ८० करोड डलर बराबरको रक्सी भित्रिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण