सत्ताको नालायकीले सडकमा पपुलिस्ट र अराजकतावादी बढ्दै गए : एकीकृत समाजवादी
काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)ले पार्टीले गर्न लागेको आन्दोलन मिसन ०८४ को लागि नभएको दाबी गरेको छ । शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गरी यो आन्दोलन पार्टी वा सत्ता ओगट्न नभइ जनताको ठाउँ ओगट्न भएको दाबी गरेको हो ।
आन्दोलनका संयोजक तथा महासचिव घनश्याम भुसालले समय र प्रकृतिको हिसाबले यस आन्दोलन फरक हुने जिकिर गरे । उनले सत्ता केन्द्रित सत्ताधारी नालायक हुँदै गएको छ । सडक पपुलिस्टको कब्जामा गएकाले देश सङ्कटतर्फ फसेको बताए ।
‘समय र प्रकृतिको हिसाबले यो आन्दोलन अलग हुँदैछ । अन्य पार्टी मिसन ०८४ को तयारीमा छन् । हामी त्यसको तयारी मात्र होइन । आइरहने र गइरहने तर मुलुकलाई ठोस उपलब्धि नहुने त्यस्ता ८४ आइरहन्छन्’, उनले भने– ‘हामीले गर्ने आन्दोलन लामो हुनेछ । पार्टी र सत्ताको ठाउँ खोज्न आन्दोलन भएका छन् । तर जनताको ठाउँ खोज्ने हिसाबले यो आन्दोलन फरक आन्दोलन भएको हामीले भनेका छौँ । सत्ता केन्द्रित सत्ताधारी नालायक हुँदै गएको छ । सडकमा पपुलिस्ट बढ्दै गएको छ ।’
‘सुशासन र रोजगारी समाजवादको तयारी’ को नारा दिएर आन्दोलनमा जान लागेको भुसालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण