राजावादीबाट समाजवादी मोर्चाले देखेका तीन खतरा
काठमाडौँ । विपक्षी चार दलीय समाजवादी मोर्चाले तीन विषयमा राजावादीबाट खतरा रहेकाले सडक सङ्घर्ष गर्नुपर्ने निष्कर्ष निकालेको छ । शुक्रबार नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बसेको बैठकले परिस्थिति गम्भीर रहेकाले सङ्घर्षमा जानुपर्ने निष्कर्ष निकालेको हो ।
मोर्चाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले नेपाली जनताले फालिसकेको प्रतिगामी शक्तिले फेरि टाउको उठाउने कोसिस गरेकाले चैत १५ गते वृहत् विरोधसभा राखिएको जिकिर गरे ।
‘हामीले पछिल्लो राजनीति र सडकमा प्रतिगामी शक्ति सलबलाएको विषयमा गम्भीर समीक्षा गर्यौँ । विषय धेरै गम्भीर छ । देशको राजनीतिक अवस्था एकपछि अर्को जटिल बन्दै गएको छ । न्याँकेर फालेका प्रतिगामी शक्ति टाउको उठाउन खोजेका छन् ।
सामन्तवादीको अवशेष बाहिर फेरि देखिन थालेका छन्’, बैठकपछि रातोपाटीसँग कुरा गर्दै विश्वकर्माले भने– ‘राजावादी प्रतिगामी शक्तिको सक्रियता जनसंघर्षबाट प्राप्त गरेको गणतन्त्र, राष्ट्रियता र समाजवादको खिलापमा छ । यी तीनवटा विषयलाई समाप्त पार्न देशी तथा विदेशी प्रतिक्रियावादी शक्तिहरू षड्यन्त्रमुलक ढङ्गले लागेको बैठकले निष्कर्ष निकालेको छ । प्रतिगामी शक्तिविरुद्ध सशक्त प्रतिरोध गर्नका लागि वृहत् विरोध सभा गर्ने निर्णय गरेको हो ।’
चैत १५ गते काठमाडौँमा हुने विरोधसभामा व्यापक जनसहभागिता हुने उनले दाबी गरे । आगामी दिनमा थप विरोधका कार्यक्रम तय गर्न भोलि बिहान बुद्धिजीवी र नागरिक समाजका अगुवासँग अन्तरक्रिया कार्यक्रम राखेको विश्वकर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण