राजावादीबाट समाजवादी मोर्चाले देखेका तीन खतरा

काठमाडौँ । विपक्षी चार दलीय समाजवादी मोर्चाले तीन विषयमा राजावादीबाट खतरा रहेकाले सडक सङ्घर्ष गर्नुपर्ने निष्कर्ष निकालेको छ । शुक्रबार नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बसेको बैठकले परिस्थिति गम्भीर रहेकाले सङ्घर्षमा जानुपर्ने निष्कर्ष निकालेको हो ।
मोर्चाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले नेपाली जनताले फालिसकेको प्रतिगामी शक्तिले फेरि टाउको उठाउने कोसिस गरेकाले चैत १५ गते वृहत् विरोधसभा राखिएको जिकिर गरे ।
‘हामीले पछिल्लो राजनीति र सडकमा प्रतिगामी शक्ति सलबलाएको विषयमा गम्भीर समीक्षा गर्यौँ । विषय धेरै गम्भीर छ । देशको राजनीतिक अवस्था एकपछि अर्को जटिल बन्दै गएको छ । न्याँकेर फालेका प्रतिगामी शक्ति टाउको उठाउन खोजेका छन् ।
सामन्तवादीको अवशेष बाहिर फेरि देखिन थालेका छन्’, बैठकपछि रातोपाटीसँग कुरा गर्दै विश्वकर्माले भने– ‘राजावादी प्रतिगामी शक्तिको सक्रियता जनसंघर्षबाट प्राप्त गरेको गणतन्त्र, राष्ट्रियता र समाजवादको खिलापमा छ । यी तीनवटा विषयलाई समाप्त पार्न देशी तथा विदेशी प्रतिक्रियावादी शक्तिहरू षड्यन्त्रमुलक ढङ्गले लागेको बैठकले निष्कर्ष निकालेको छ । प्रतिगामी शक्तिविरुद्ध सशक्त प्रतिरोध गर्नका लागि वृहत् विरोध सभा गर्ने निर्णय गरेको हो ।’
चैत १५ गते काठमाडौँमा हुने विरोधसभामा व्यापक जनसहभागिता हुने उनले दाबी गरे । आगामी दिनमा थप विरोधका कार्यक्रम तय गर्न भोलि बिहान बुद्धिजीवी र नागरिक समाजका अगुवासँग अन्तरक्रिया कार्यक्रम राखेको विश्वकर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चन्दा सङ्कलन गरेर विद्यालयलाई बस हस्तान्तरण
-
आईपीएल : लिगबाट बाहिरिएको चेन्नईको कोलकातामाथि रोचक जित
-
१२ बजे, १२ समाचार : पाकिस्तान लक्षित आक्रमणपछि छत्तीसगढमा २२ माओवादी मारिएदेखि दुई लाख घुससहित अदालतका कम्युटर अपरेटर पक्राउसम्म
-
हेटौंडा गाडी बेपत्ता घटना : भासिएको स्थानको पानी सङ्कलन गरी परीक्षणका लागि पठाइयो
-
छत्तीसगढमा भारतीय प्रहरीको एक्सन : २२ माओवादी मारिएको दाबी
-
केयु र एनपीआइबिच समझदारीपत्रमा हस्ताक्षर