भृकुटीमण्डपमा फ्लोरा एक्स्पो सुरु (तस्बिरहरू)
काठमाडौँ । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा आजदेखि ४ दिने ‘२६ औँ फ्लोरा एक्स्पो २०८१’ सुरु भएको छ । शुक्रवारदेखि काठमाडौँको भृकुटीमण्डपमा फ्लोरा एक्स्पो सुरु भएको हो ।
पुष्प व्यवसायको विकास, विस्तार तथा प्रवर्द्धनका लागि एसोसिएसनले हरेक वर्ष क्षेत्रीय तथा राष्ट्रियस्तरको पुष्प मेला–प्रदर्शनीको आयोजना गर्दै आइरहेको आयोजकले जनाएको छ । यस वर्षको एक्सपोको नारा ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ रहेको छ ।
_UJ3IeNKK8b.jpg)
२६ औँ फ्लोरा एक्स्पोमा व्यावसायिक तथा अफिसियल स्टलसहित ८२ वटा स्टल छन् । मेलामा पुष्प व्यवसायीहरूद्वारा उत्पादित फूल बिरुवाहरूको विभिन्न विधाहरूमा उत्कृष्ट स्टल, उत्कृष्ट ल्याण्डस्केपिन्न, उत्कृष्ट मौसमी फूल, उत्कृष्ट आलङ्कारिक बिरुवा, उत्कृष्ट आलङ्कारिक फुल्ने बिरुवा, उत्कृष्ट पुष्प सजावट, उत्कृष्ट कट फ्लावर (गुलाब, जरबेरा र कार्नेशन) स्वच्छ प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ ।
_aVoq1aYyDy.jpg)
पुष्पको क्षेत्रमा विकास भएको तथा प्रयोगमा आएको नवीनतम प्रविधिबारे प्रचार प्रसार गर्न सघाउ पुर्याउने उद्देश्यले पनि यसको आयोजना गरिएको यो एक्स्पोमा पुष्प व्यवसाय गर्न चाहने नवउद्यमी, जिज्ञासु एवं अध्ययन अध्यापनका साथै अनुसन्धान गर्ने सबैका लागि मेला वृहत् साझा मञ्चको रूपमा रहेको आयोजकले दाबी गरेको छ ।
_KJQbT8JYmP.jpg)
त्यसैले घर आगन बगैँचा सजाउन, पुष्प व्यवसायबारे ज्ञान सीप हासिल गर्न चाहने व्यक्ति र सङ्घ–संस्थाहरूलाई यस २५ औँ फ्लोरा एक्स्पोले महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा आयोजकको छ । मेला अवधिभर ६० हजार अवलोकनकर्ताद्वारा अवलोकन हुने तथा एक करोडसम्मको व्यावसायिक कारोबार हुने अनुमान आयोजक पक्षले जनाएको छ ।
_mwPgs2QbLf.jpg)
_fn1LiJyPlW.jpg)
_Dzn6CwYrtq.jpg)
_8PRwGL8bs6.jpg)
_bAqclYuBbj.jpg)
_iWCjEBUNYp.jpg)
_maHgUYmmnP.jpg)
_PkvlFLCwV7.jpg)
_vyNpjEylkd.jpg)
_I4FSTgVyk9.jpg)
_orqQrW3UXb.jpg)
_zFEXUokAsQ.jpg)
_V5Lob5UCZh.jpg)
_ZYEgXxDPCb.jpg)
_SP23jc3xFK.jpg)
_2Bh6c5wPaH.jpg)
_gG7t6epCQq.jpg)
_BmaALP878f.jpg)
_FhlFxHcmYM.jpg)
_lnqGM8pA3K.jpg)
_gW5PY4oAuq.jpg)
_fYp2qEmjed.jpg)
_gO6AjpHy9j.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण