पर्यटनमन्त्री पाण्डेमाथि कारबाही माग गर्दै सांसद बजगाइँले दिए उजुरी
काठमाडौँ । नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य राजेन्द्र बजगाइँले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेविरुद्ध पार्टीको केन्द्रीय अनुशासन समितिमा उजुरी दिएका छन् । बजगाइँले मन्त्री पाण्डेविरुद्ध तीनवटा आरोप लगाउँदै बुधबार उजुरी दिएका हुन् । पाण्डेले संविधान र पार्टी सिद्धान्तको उल्लंघन गरेको, पार्टी विधानको उल्लंघन तथा राष्ट्र र लोकतन्त्रप्रति गैरजिम्मेवार अभिव्यक्ति दिएको बजगाइँको आरोप छ ।
उजुरीमा मन्त्री पाण्डेले हालै पशुपतिनाथ मन्दिर प्रांगणमा दिरुत्साहन अभिव्यक्ति र एक सार्वजनिक कार्यक्रममा एकदलीय चिनियाँ शासन प्रणालीका राष्ट्रपति सी जिनपिङ को नैतिकतालाई नेपालको बहुदलीय लोकतान्त्रिक प्रणालीका नेताहरू र जनतासमक्ष लैजानुपर्ने धारणा व्यक्त गरेको उल्लेख गरिएको छ । उक्त अभिव्यक्ति आउन पार्टी सिद्धान्तविपरीत मात्र नभई नेपालको संविधान र राष्ट्रिय हितविपरीत समेत भएको बजगाइँको आरोप छ ।
नेपाली कांग्रेसको विधानले समाजवादउन्मुख बहुदलीय लोकतन्त्रलाई आत्मसात् गर्ने र एकदलीय शासन व्यवस्थाको समर्थन कुनै हालतमा हुन नसक्ने भन्दै साम्यवादी एकदलीय प्रणालीको गुणगान गाउनु पार्टी विधानको उल्लंघन भएको उनले उल्लेख गरेका छन् ।
मन्त्री पाण्डेको अभिव्यक्ति नेपालको लोकतान्त्रिक प्रणालीलाई चीनको एकदलीय शासन मोडलतर्फ धकेल्ने दुस्प्रयास भएको समेत बताएका छन् । पार्टीकै सहमहामन्त्रीबाट आएको हुनाले यसले पार्टीको नीति र विचारधारामा गम्भीर असर पार्ने उनको दाबी छ ।
व्यक्तिगत रुपमा मन्त्री पाण्डेसँग आफ्नो कुनै दुस्मनी नरहेको बताउँछन् । तर पार्टीको हित र लोकतन्त्रको लागि आफूले बाध्य भएर उजुरी दिएको सांसद बजगाइँको भनाइ छ । ‘उहाँले राष्ट्रपति सीको नैति शिक्षा जनस्तरमा पढाउनुपर्छ भन्नुभयो । हामी त कांग्रेस पार्टीको मान्छे हौँ नि,’ बजगाइँ भन्छन्, ‘यसले हामीलाई क्षति गर्यो । उहाँले सांस्कृति औपनिवेशिकरणमा काम गर्नुभएको छ, यो पार्टीले लिएको नीतिअनुरुप भएन भन्ने मेरो दाबी हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण