पर्यटनमन्त्री पाण्डेमाथि कारबाही माग गर्दै सांसद बजगाइँले दिए उजुरी

काठमाडौँ । नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य राजेन्द्र बजगाइँले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेविरुद्ध पार्टीको केन्द्रीय अनुशासन समितिमा उजुरी दिएका छन् । बजगाइँले मन्त्री पाण्डेविरुद्ध तीनवटा आरोप लगाउँदै बुधबार उजुरी दिएका हुन् । पाण्डेले संविधान र पार्टी सिद्धान्तको उल्लंघन गरेको, पार्टी विधानको उल्लंघन तथा राष्ट्र र लोकतन्त्रप्रति गैरजिम्मेवार अभिव्यक्ति दिएको बजगाइँको आरोप छ ।
उजुरीमा मन्त्री पाण्डेले हालै पशुपतिनाथ मन्दिर प्रांगणमा दिरुत्साहन अभिव्यक्ति र एक सार्वजनिक कार्यक्रममा एकदलीय चिनियाँ शासन प्रणालीका राष्ट्रपति सी जिनपिङ को नैतिकतालाई नेपालको बहुदलीय लोकतान्त्रिक प्रणालीका नेताहरू र जनतासमक्ष लैजानुपर्ने धारणा व्यक्त गरेको उल्लेख गरिएको छ । उक्त अभिव्यक्ति आउन पार्टी सिद्धान्तविपरीत मात्र नभई नेपालको संविधान र राष्ट्रिय हितविपरीत समेत भएको बजगाइँको आरोप छ ।
नेपाली कांग्रेसको विधानले समाजवादउन्मुख बहुदलीय लोकतन्त्रलाई आत्मसात् गर्ने र एकदलीय शासन व्यवस्थाको समर्थन कुनै हालतमा हुन नसक्ने भन्दै साम्यवादी एकदलीय प्रणालीको गुणगान गाउनु पार्टी विधानको उल्लंघन भएको उनले उल्लेख गरेका छन् ।
मन्त्री पाण्डेको अभिव्यक्ति नेपालको लोकतान्त्रिक प्रणालीलाई चीनको एकदलीय शासन मोडलतर्फ धकेल्ने दुस्प्रयास भएको समेत बताएका छन् । पार्टीकै सहमहामन्त्रीबाट आएको हुनाले यसले पार्टीको नीति र विचारधारामा गम्भीर असर पार्ने उनको दाबी छ ।
व्यक्तिगत रुपमा मन्त्री पाण्डेसँग आफ्नो कुनै दुस्मनी नरहेको बताउँछन् । तर पार्टीको हित र लोकतन्त्रको लागि आफूले बाध्य भएर उजुरी दिएको सांसद बजगाइँको भनाइ छ । ‘उहाँले राष्ट्रपति सीको नैति शिक्षा जनस्तरमा पढाउनुपर्छ भन्नुभयो । हामी त कांग्रेस पार्टीको मान्छे हौँ नि,’ बजगाइँ भन्छन्, ‘यसले हामीलाई क्षति गर्यो । उहाँले सांस्कृति औपनिवेशिकरणमा काम गर्नुभएको छ, यो पार्टीले लिएको नीतिअनुरुप भएन भन्ने मेरो दाबी हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल क्वालिफायर–२ः पञ्जाबको शानदार जित, उपाधिकालागी बेंगलुरुसँग भिड्ने
-
विदेशको कमाइ छाडेर कृषिमा रमाउनुभएका देउकुमार
-
अकबरे खुर्सानीको मूल्य प्रतिकिलो एक हजार !
-
रमेश प्रसाईंको गीतमा बालबालिकाको उज्यालो सपना (भिडियो)
-
१२ बजे १२ समाचार: आन्दोलन घोषणादेखि गृहमन्त्रीको राजीनामाबारे प्रतिपक्ष दलभित्रै मतभेदसम्म
-
साेमबारकाे उपत्यका बन्द कार्यक्रममा राप्रपाको सहभागिता नरहने