काठमाडौँमा अवैध चामल प्याकिङ गर्ने तीन खाद्य कम्पनीमाथि कारबाही
काठमाडौँ । काठमाडौँका तीन खाद्य कम्पनीमा अवैध रूपमा चामल प्याकिङ तथा बिक्री वितरण गरिएको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको नेतृत्वमा गरिएको संयुक्त निरीक्षणपछि चामल प्याकिङ गर्ने तीन खाद्य कम्पनीले अवैध रूपमा चामल प्याकिङ तथा बिक्री वितरण गरिएको पाइएको हो ।
विभागको रेपिड रेसपोन्स टिम (आरआरटी)सहित काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रशासन कार्यालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग तथा स्थानीय निकायका प्रतिनिधिहरूसँगको सहकार्यमा तारकेश्वर–९, नागार्जुन–७, र नागार्जुन–४ मा रहेका खाद्य स्टोरको स्थलगत अनुगमन गरेको हो ।
निरीक्षणका क्रममा तारकेश्वर–९ मा रहेको देवकोटा चिउरा तथा चामल मिलले बिना अनुमति पत्र ताइचिन चामल सादा पहेँलो बोरामा प्याकिङ गरेको र अन्य ब्रान्डको नाममा बिक्री वितरण गरेको पाइएको थियो । उक्त गोदामबाट २ हजार ५१६ बोरा चामल र १ हजार ०४३ बोरा चिउरा फेला पारिएको थियो । त्यहाँ तत्काल सिलबन्दी गरिएको छ । त्यहाँबाट खाद्य ऐन बमोजिम थप अनुसन्धानका लागि केही नमुना सङ्कलन गरी प्रयोगशाला परीक्षणका लागि पठाइएको अनुगमन टोलीले जानकारी दिएको छ ।
यस्तै नागार्जुन–७ मा रहेको हलेसी फूड्स खाद्य उद्योग प्रालिले पनि खाद्य अनुमति पत्र नलिई अन्य ब्रान्डका नाममा चामल प्याकिङ तथा बिक्री वितरण गरेको भेटिएको छ । उक्त कम्पनीको गोदाममा १ हजार ६४६ बोरा चामल फेला परेको थियो । त्यहाँ पनि सिलबन्दी गरिएको छ । सो व्यवसायीलाई पनि खाद्य ऐनअनुसार कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ ।
त्यसैगरी नागार्जुन–४ मा रहेको गढीमाई प्याकेजिङ उद्योगले समेत बिना अनुमति पत्र अन्य ब्रान्डका चामल प्याकिङ गरी बिक्री वितरण गरिरहेको पाइएको छ । सो गोदामबाट ७७ हजार ८५० केजी चामल फेला परेको थियो । त्यहाँ पनि सिलबन्दी गरिएको छ । सो व्यवसायबाट सङ्कलित नमुना परीक्षणका लागि प्रयोगशाला पठाइएको समेत अनुगमन टोलीले जनाएको छ ।
यी तीन व्यवसायलाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही प्रक्रिया अघि बढाइएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिएका छन् । विभागले व्यवसायीहरूलाई बिना अनुमति पत्र खाद्य कारोबार नगर्न आग्रह गर्दै नियम उल्लङ्घन गर्नेलाई कानुनी कारबाही गरिने चेतावनी समेत दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण