स्ववियु चुनावमा आरआर क्याम्पसमा गठबन्धन नै गठबन्धन
काठमाडौँ । आसन्न स्ववियु निर्वाचनमा प्रदर्शनमार्गस्थित आरआर क्याम्पसमा सत्तापक्ष भनिएको अनेरास्ववियुदेखि प्रतिपक्ष मानिएका अखिल (क्रान्तिकारी) र नेविसंघ आआफ्नै अनुकूलतामा गठबन्धन गरेर स्ववियु चुनावमा होमिएका छन्।
पार्टीहरूले गठबन्धन गर्ने परिपाटी विकास गरेपछि विद्यार्थी संगठनमा पनि यो शैली सरेको देखिन्छ। लामो समयदेखि आफ्नो पकड बनाएको एमाले निकट विद्यार्थी सङ्गठन पनि नेकपा (एस) निकट अखिलसँग गठबन्धन गरेर चुनाव लड्दैछ।
एमाले निकट अनेरास्ववियुले एकीकृत समाजवादी निकटलाई कोषाध्यक्ष तीन स्ववियु सदस्यमा सहमती गर्दै सहकार्य गरेको छ भने नेवि संघले पनि एक प्रत्यक्ष सदस्य दिँदै अखिल (छैटौँ)सँग गठबन्धन गरेको छ।
अखिल (छैठौँ)बाट एक सदस्य नेविसंघको प्यानलबाट लड्ने सहमति भएको छ। माओवादी निकट अखिल (क्रान्तिकारि)ले अखिल समाजवादी, वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठन नेपालसगँ गठबन्धन गर्दै स्ववियुको निर्वाचनमा भाग लिने भएको छ।
अनेरास्ववियुले लोकेश खड्काको नेतृत्वमा, अखिल(क्रान्तिकारी)ले संगम कुमार लामा तामाङ र नेविसंघले विनोद राज जोशीको नेतृत्वमा गठबन्धनको प्यानल बनाएका छन।
अन्य संगठनहरुले पनि तालमेल गरिरहेको समय विभिन्न स्वतन्त्र समूहहरुले पनि उम्मेदवारी दिएका छन्। पार्टीका भातृ सङ्गठन भन्दा बाहिरबाट पनि एउटा स्वतन्त्र विद्यार्थी समूह बनाएर डोटीका हर्क बोहराको नेतृत्वमा एउटा समूहले उम्मेदवारी दिएको दिएको अखिल क्रान्तिकारीका एक नेताले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण