त्रिवि केन्द्रीय क्याम्पस निर्वाचन समितिको होटलमा बसेको बैठकले कुनै निर्णय गर्न सकेन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस स्ववियु निर्वाचन समितिको बैठक अनिर्णित बनेको छ। स्वयम्भूमा रहेको होटल बज्रमा बसेको त्रिवि केन्द्रीय क्याम्पस निर्वाचन समितिको बैठक अनिर्णित बनेको हो ।
क्याम्पसमा बैठक बस्न नसकेपछि होटलमा बसेको बैठकले कुनै पनि निर्णय गर्न सकेन। त्रिविमा बैठक गर्न नसकेपछि सुरक्षाको हिसाबले होटलमा गएर बैठक बसेको थियो । तर, कुनै पनि निर्णय हुन नसकेको हो । बैठक भोलि फेरि बस्नेछ।
विश्वविद्यालय क्याम्पसमा नेविसंघको दुई वटा समूहको उम्मेदवारी परेपछि आधिकारिकताको विषयमा विवाद देखिएको थियो। जसका कारण उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएको छैन । उम्मेदवारीको आधिकारिकता विवादमा नेविसंघ त्रिवि समिति सभापति बिष्णु बडैलासहितले तालाबन्दी गरेका थिए।
तालाबन्दी खोल्ने र उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने विषयमा छलफल गर्न निर्वाचन समितिको बैठक बसेको थियो । उक्त बैठकमा त्रिविका उपकुलपति प्राडा केशरजंग बराल, रेक्टर प्राडा खड्क केसी, रजिस्ट्रार प्राडा केदार रिजालसहितका पदाधिकारीहरू समेत उपस्थित थिए। तरपनि बैठकले कुनै निर्णय गर्न सकेन। जसले गर्दा विश्वविद्यालय क्याम्पसको चुनाव प्रभावित भएको छ ।
कार्यतालिका अनुसार बिहीबार उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्नुपर्ने थियो । नेविसंघ केन्द्रीय कार्यालयले दिपक जोशीलाई स्ववियु अध्यक्षको उम्मेदवार बनाएको थियो । तर, बडैला समूहले भने अनोज कार्कीलाई उम्मेदवार बनाएको थियो । त्रिवि निर्वाचन समितिले जोशीलाई नेविसंघको आधिकारिक उम्मेदवार मानेपछि बडैला समूहले प्रिन्सिपल कार्यालयमा ताला लगाएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्मत सम्भारपछि नेपाल वायु सेवा निगमका ट्वीन अटर विमान सञ्चालनमा
-
१० बजे १० समाचार : बेलायतबाट सांसदको राजीनामा, पूर्व लेफ्टिनेन्ट कर्णेलविरुद्ध ‘डिफ्युजन नोटिस’
-
प्रिबजेटप्रति किन नरम देखिए विपक्षी ?
-
सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँ : वनमन्त्री शाही
-
भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु
-
डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर