त्रिवि केन्द्रीय क्याम्पस निर्वाचन समितिको होटलमा बसेको बैठकले कुनै निर्णय गर्न सकेन
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस स्ववियु निर्वाचन समितिको बैठक अनिर्णित बनेको छ। स्वयम्भूमा रहेको होटल बज्रमा बसेको त्रिवि केन्द्रीय क्याम्पस निर्वाचन समितिको बैठक अनिर्णित बनेको हो ।
क्याम्पसमा बैठक बस्न नसकेपछि होटलमा बसेको बैठकले कुनै पनि निर्णय गर्न सकेन। त्रिविमा बैठक गर्न नसकेपछि सुरक्षाको हिसाबले होटलमा गएर बैठक बसेको थियो । तर, कुनै पनि निर्णय हुन नसकेको हो । बैठक भोलि फेरि बस्नेछ।
विश्वविद्यालय क्याम्पसमा नेविसंघको दुई वटा समूहको उम्मेदवारी परेपछि आधिकारिकताको विषयमा विवाद देखिएको थियो। जसका कारण उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएको छैन । उम्मेदवारीको आधिकारिकता विवादमा नेविसंघ त्रिवि समिति सभापति बिष्णु बडैलासहितले तालाबन्दी गरेका थिए।
तालाबन्दी खोल्ने र उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने विषयमा छलफल गर्न निर्वाचन समितिको बैठक बसेको थियो । उक्त बैठकमा त्रिविका उपकुलपति प्राडा केशरजंग बराल, रेक्टर प्राडा खड्क केसी, रजिस्ट्रार प्राडा केदार रिजालसहितका पदाधिकारीहरू समेत उपस्थित थिए। तरपनि बैठकले कुनै निर्णय गर्न सकेन। जसले गर्दा विश्वविद्यालय क्याम्पसको चुनाव प्रभावित भएको छ ।
कार्यतालिका अनुसार बिहीबार उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्नुपर्ने थियो । नेविसंघ केन्द्रीय कार्यालयले दिपक जोशीलाई स्ववियु अध्यक्षको उम्मेदवार बनाएको थियो । तर, बडैला समूहले भने अनोज कार्कीलाई उम्मेदवार बनाएको थियो । त्रिवि निर्वाचन समितिले जोशीलाई नेविसंघको आधिकारिक उम्मेदवार मानेपछि बडैला समूहले प्रिन्सिपल कार्यालयमा ताला लगाएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण