‘ग्रिन कार्ड हुँदैमा सधैँ अमेरिका बस्ने अधिकार छैन’
वासिङ्टन डीसी । ग्रिन कार्ड धारकहरूलाई सधैँभरि अमेरिकामा बस्ने अधिकार नभएको उच्च अमेरिकी अधिकारीले बताएका छन् । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले एक टिभी च्यानललाई दिएको अन्तरवार्तामा यस्तो भनेका हुन् । ग्रिन कार्ड हुनुको अर्थ कुनै व्यक्तिलाई अमेरिकामा सधैँभरि बस्ने अधिकार मिल्छ भन्ने नभएको उनको भनाइ थियो ।
सरकारलाई ग्रीन कार्ड धारकहरूलाई देशबाट निकाला गर्ने अधिकार भएको उनले बताएका थिए । ग्रिन कार्डलाई कानुनी रूपमा स्थायी बासिन्दा कार्ड भनेर चिनिन्छ । यसले विदेशीहरूलाई अमेरिकामा स्थायी रूपमा बस्न र काम गर्ने अधिकार पनि दिन्छ । सर्त एउटै हो कि ऊ अध्यागमन कानुन उल्लङ्घन गर्ने अपराधमा संलग्न हुनुहुन्न ।
न्यूयोर्क पोस्टले रिपोर्ट गरेको छ कि भान्सको भनाइले ग्रीन कार्ड धारकहरूमा आफूहरूलाई अचानक देश निकाला गर्ने पो हो कि भनेर चिन्ता बढाउने देखिएको छ । धेरै वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका र कानुनी प्रक्रियाहरू पालना गरेका आप्रवासीहरूमा राजनीतिक निर्णयहरूले उनीहरूको स्थायी बसोबासलाई असर गर्न सक्छ भन्ने डर उत्पन्न हुने खतरा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगातार छैटौँ दिन बढ्यो सेयर बजार, ६ अर्ब ६७ करोडको कारोबार
-
अमेरिकी आक्रमण जारी रहेसम्म स्ट्रेट अफ होर्मुज नखुल्ने इरानको चेतावनी
-
नागरिकमा चर्को असन्तुष्टि छ, सम्बोधन नभए विस्फोट हुन्छ : गगन थापा
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण