रौतहटमा हाेलीमा धार्मिक सद्भाव बिगार्न खोज्ने ३ जना पक्राउ

रौतहट । रौतहटमा होली पर्वमा सद्भाव बिगार्न खोज्ने ३ जनालाई प्रहरीले कारबाही गरेको छ । १६ नगरपालिका र दुई गाउँपालिका रहेको रौतहटमा शनिवार बिहानैदेखि होली पर्व मनाउने क्रममा केही स्थानमा दुई समुदायबिच विवाद उत्पन्न भएको थियो । तर स्थानीय प्रहरी प्रशासनको सक्रियताले कुनै अप्रिय घटना नभएर शान्तिपूर्ण तरिकाले होली पर्व सम्पन्न भएको छ ।
गौर नगरपालिका सबगढा गाउँमा होलीको नाउँमा डिजे बजाएर विवाद गर्न खोज्ने २ जना र डिजे गाडी नियन्त्रणमा लिइएको रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताएका छन्। त्यसैगरी होली पर्व मनाउने नाममा सबगढा गाउँमै हिन्दु मुस्लिमबिच धार्मिक सद्भाव भाँड्न खोज्ने ३ जना नियन्त्रणमा लिई आवश्यक कारबाही अघि बढाइएको एसपी घिमिरेले जानकारी दिए ।
प्रहरीका अनुसार जिल्लामा होली खेल्ने क्रममा ६ वटा सवारी दुर्घटना भएको र ७ जना मानिस घाइते भएका छन् । घाइतेमध्ये एक जना लाई थप उपचारको लागि वीरगन्ज पठाइएको प्रहरीले जनाएको छ।
होलीमा ट्राफिक नियम पालना नगरी सवारी साधन चलाउने १४ वटा मोटरसाइकल र ४ चक्के २ वटा सवारी साधनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेरा फेरी-३ बाट बाहिरिए ‘बाबु राव’
-
बलात्कार मुद्दामा फसेका अभिनेता एजाज खानको समस्या बढ्यो, अग्रिम जमानत अस्वीकार
-
‘मैले पढेका अचम्मै सुन्दर किताबमध्ये ‘म्यान्स सर्च फर मिनिङ’ एक नम्बरमा पर्न गयो’
-
वनमन्त्री शाहीसँग कतारका विशेष दूतको भेट
-
रामायणमा काजल अग्रवालको इन्ट्री, निभाउने छिन् यो भूमिका
-
युक्रेन : बसमा गरिएको रुसी ड्रोन आक्रमणमा ९ जनाको मृत्यु