अनेरास्ववियुलाई नेविसंघको काउन्टर, आरोप लगाएर जिम्मेवारीबाट भाग्ने काम बन्द गरौँ
काठमाडौँ । नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) ले आरोप प्रत्यारोपमा नउत्रिन आग्रह गरेको छ । आसन्न स्ववियु निर्वाचनलाई लिएर आरोप प्रत्यारोपमा नउत्रिन आग्रह गरेको हो ।
नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले एक विज्ञप्ति जारी गर्दै वार्ता संवादको माध्यमबाट समस्याको समाधान गर्न आग्रह गरेका हुन्। यसअघि अनेरास्ववियुले विज्ञप्ति जारी गर्दै नेविसंघलाई अनैतिक कार्य गरेर स्ववियु निर्वाचन भाँड्न खोजेको आरोप लगाएको थियो । त्यसको जवाफमा नेविसंघले समेत विज्ञप्ति जारी गर्दै आरोप प्रत्यारोपमा नउत्रिन भनेको हो।
देशभरका ४०० भन्दा बढी त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसहरूमा निर्वाचन प्रक्रिया अघि बढिरहेको छ। केही क्याम्पसहरूमा विवाद उत्पन्न हुँदा निर्वाचन प्रक्रिया अघि बढ्न सकेको छैन । यसलाई संयमित र जिम्मेवारीपूर्ण रूपमा समाधान गर्नु आजको आवश्यकता रहेको नेविसंघको भनाइ छ।
उक्त विवाद उत्पन्नमा अनेरास्ववियुले आफूहरूलाई जिम्मेवार ठहर्याएको भन्दै आपत्ति जनाए । प्रमुख विद्यार्थी सङ्गठनका रूपमा सबैले यसको जिम्मेवारी लिनुपर्ने नेविसंघको भनाइ छ।
कुलपति एवम् प्रधानमन्त्रीको निरङ्कुश शैलीले त्रिभुवन विश्वविद्यालयको स्वायत्ततामाथि प्रहार गर्दै निष्पक्ष निर्वाचनमाथि प्रश्न उठाउने कार्य भइरहेको नेविसंघको आरोप छ। कुनै पनि सरकारको इसारामा विद्यार्थी सङ्गठन परिचालित हुनु दुःखद मात्र नभई लोकतान्त्रिक अभ्यासका लागि घातक समेत भएको नेविसंघको भनाइ छ।
आरोप लगाएर जिम्मेवारीबाट पन्छिनु, सामान्य विषयलाई अतिरञ्जित गरी भ्रम सिर्जना गर्नु कम्युनिस्ट पुरातन शैलीको पुनरावृत्ति मात्र भएको नेविसंघको भनाई छ।
नेविसंघले अनेरास्ववियुलाई संयमता अपनाउँदै संवादमार्फत समाधान खोज्न आह्वान गरेको छ । स्ववियु निर्वाचन निष्पक्ष, स्वतन्त्र, र विद्यार्थीको वास्तविक प्रतिनिधित्व हुने गरी सम्पन्न हुनुपर्ने आफूहरूको अडान भएको जनाए ।
नेपाल ल क्याम्पसमा निर्वाचन तालिका च्यात्ने घटनादेखि अनेरास्ववियुको तालाबन्दीका कारण जनता बहुमुखी क्याम्पस, नवलपुरका १० मध्ये ९ वटा क्याम्पस, पक्लिहवा कृषि क्याम्पस, राममणि बहुमुखी क्याम्पसमा निर्वाचन प्रक्रिया नै अवरुद्ध भएको छ। त्यस्तै, अन्य सङ्घ–सङ्गठनहरूले पनि निर्वाचन प्रक्रियामा असहमति राखी अवरोध सिर्जना गरिरहेका छन्।
तालाबन्दी समाधान होइन, बरु यसले विद्यार्थीहरूकै हितमा क्षति पुर्याउने नेविसंघको भनाइ छ । नेविसंघलाई आरोप लगाएर अनेरास्ववियु नेतृत्व जिम्मेवारीबाट भाग्ने काम गरिरहेको भन्दै संवादमार्फत समाधान खोज्न आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ
-
रास्वपाका सांसद पार्टीको अधिवेशनमा गएपछि राज्यव्यवस्था समिति बैठक स्थगित
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण