सुनिता र बुचलाई फिर्ता ल्याउन क्रू-१० टोली आईएसएस पुग्यो
वासिङ्टन डिसी । अन्तरिक्षमा फसेका अन्तरिक्ष यात्री सुनिता विलियम्स र ब्यारी बुच विल्मोरलाई पृथ्वीमा फिर्ता ल्याउन क्रू-१० टोली अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन पुगेको छ।
टोलीमा नासाका एनी म्याक्लेन र निकोल एयर्स , जापान एयरोस्पेस एक्सप्लोरेसन एजेन्सीका ताकुया ओनिशी र रोस्कोसमोसका अन्तरिक्ष यात्री किरिल पेस्कोभ समावेश छन्।
यो टोलीले अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोरलाई प्रतिस्थापन गर्नेछ। अन्तरिक्ष यान क्रू ड्र्यागन अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनसँग जोडिएको छ।
यसैबिच, अर्बपति व्यवसायी एलोन मस्कले एक्समा लेखे, ‘स्पेसएक्स ड्र्यागनले केही दिनमा अन्तरिक्ष यात्रीहरूलाई फिर्ता ल्याउनेछ।’
अन्तरिक्ष यात्री सुनिता र बुच लगभग नौ महिनादेखि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) मा अलपत्र परेका छन्। उनीहरू दुवैले जुन ५, २०२४ मा यस परीक्षण अभियानको लागि स्टारलाइनर अन्तरिक्ष यानमा उडान भरेका थिए।
उनीहरु आठ दिन पछि फर्कनु पर्ने थियो तर स्टारलाइनर अन्तरिक्ष यान आईएसएसको नजिक पुगेपछि त्यसमा समस्या उत्पन्न भयो। अन्तरिक्षयानलाई दिशा दिने यसका पाँच थ्रस्टरहरूले काम गर्न छाडेका थिए। त्यसपछि दुवै अन्तरिक्ष यात्रीहरूको फिर्ती रोकियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण